२१ कार्तिक २०८३, शनिबार

‘देउवाले राष्ट्रियता कमजोर बनाउने काम गरे’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, १० भदौ । नेकपा (एमाले) का बारा जिल्ला सचिवालय सदस्य डा. कृष्ण पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनको आन्तरिक विषयमा भारतीय नेताहरुसंग गरेको बाचाकवुल मुलुकको राष्ट्रियतालाई कमजोर बनाउने विषय भएको बताउनुभएको छ ।

आज एमाले जीतपुरसिमरा उपमहानगरको निर्वाचन अभियानअन्तर्गत वडा नं. ११ मा सम्पन्न जनभेलामा डा. पौडेलले उक्त कुरा बताएका हुन । संविधान संशोधन आन्तरिक मामिला हो, असफल भइसकेको यो विषयलाई भारतसमक्ष पुनः ल्याउने र पारीत गर्ने कुरा गर्नु गम्भिर कमजोरी हो । नेपालको संविधान संशोधनको सन्दर्भमा फैशला भइसकेको र यसलाई मांगकर्ता मधेशकेन्द्रीत दलहरुलेसमेत स्वीकार गरिसकेको अवस्थामा देउवाको यो अभिव्यक्ति संविधान संशोधन प्रस्ताव कसको सेवाका लागि हो भनेर पुष्टि गरेको बताउनुभयो ।

एमालेले राष्ट्रियता, जनजिविका र समृद्धिका लागि खेलेको भूमिकाको कारण पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनमा सबैभन्दा ठुलो पार्टी बनेको बताउदै डा. पौडेलले असोज २ गते तेस्रो चरणमा प्रदेश नं. २ मा हुने निर्वाचनमा पनि पहिलो पार्टी बन्ने दावी गर्नुभयो । एक्लाएक्लै लडने सामथ्र्यता गुमाएकै कारण कांग्रेस माओवादी मिलेर एमालेसंग भिडिरहेको बताउदै सबै शक्ति मिलेर लडन आएपनि एमालेसंग जित्ने ताकत छ । मधेशको समस्या, पहिचान र विकासको आवाजमा एमालेको साथ सहयोग रहने बताउदै अंगिकृतको बोलवाला, हिन्दी भाषा लादने र स्थानीय तहकोे अधिकार कटौती गर्ने षडयन्त्रलाई एमालेले समाप्त पार्ने बताउनुभयो ।

एक अर्को प्रसंगमा डा. पौडेलले जीतपुरसिमरा उपमहानगर अहिलेको अवस्थामा कमजोर भएपनि स्रोत र सम्भावनाको हिसावले समृद्ध महानगर बन्न सक्ने आधार रहेको बताउनुभयो । अन्तरराष्ट्रिय बिमानस्थल, काठमाण्डौं जोडने द्रुतमार्ग, विशेष आर्थिक क्षेत्र, औद्योगिक करिडर, पर्यटन तथा कृषि सम्भावनाका हिसावले अघि बढने आधारहरु रहेको बताउदै त्यसका लागि एमालेले जित्न जरुरी रहेको दावी गर्नुभयो ।

वडा कमिटी अध्यक्ष विनोद यादवको अध्यक्षतामा सम्पन्न जनभेलामा उपमहानगर कमिटी सदस्य भिखु दिस्वां, एमाले कार्यकर्ताहरु केशव खरेल, रामबाबु यादव, रामधारी चौधरी, जगदेव मुखियां, बाबुलाल साह कानु, उदयनारायण चौधरीलगायतले बोल्नुभएको थियो ।