काठमाडौं, १० भदौ । अनेरास्ववियु त्रिभुवन आदर्श बहुमुखी क्याम्पस कमिटी, पुतलीबजार स्याङ्जाले तराईका बाढी प्रभावितहरुको सहयोगका लागि कलेज तथा समुदायमा संकलन गरेको रकम अनेरास्ववियु केन्द्रिय कमिटीलाई हस्तान्तरण गरिएको छ ।
स्ववियु सदस्य तथा विद्यार्थी नेतृ बिपना पराजुलीको नेतृत्वमा संकलित रु. १० हजार १०२ अनेरास्ववियु केन्द्रिय सदस्य एबम स्याङ्जा इन्चार्ज रिता ढकालमार्फत अनेरास्ववियु केन्द्रीय अध्यक्ष नविना लामालाई हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण समारोहमा नेकपा एमालेका कावा अध्यक्ष वामदेव गौतम, विद्यार्थी इन्चार्ज रविन्द्र अधिकारी, अनेरास्ववियु केन्द्रिय उपाध्यक्ष महेश बर्ताैला, महासचिव ऐन महर, कोषाध्यक्ष झपेन्द्र खत्री लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।
सो बाहेक रोशनी आवासिय मावि परिवार, रोशन केसी, सुवास गुरुङ, अबिशेक गुरुङ, दिनेश गुरुङ, शितल जङ्ग केसि, सुन्दर श्रेष्ठ, बोधराज तिमिल्सिना लगाएतका व्यक्तीहरुले प्रदान गरेको शैक्षिक सामाग्रीहरु कमिटीले बाढी प्रभावित क्षेत्रमै पुगेर विद्यार्थीहरुलाई वितरण गरिने विद्यार्थी नेतृ विपना पराजुलीले जनाइन् ।













प्रतिक्रिया