काठमाडौं, १० भदौ । ओम अस्पतालबाट खटिएको टोलीले महोत्तरी र सप्तरीमा एक हजारभन्दा बढी बाढी पीडित स्थानीय बासिन्दको निःशुल्क उपचार गरेको छ । टोलीले महोत्तरीको बालुवा, भरमपुरा, लोहरपट्टी लगायतका क्षेत्रमा पुगेर पीडितहरुको उपचार गरेको हो ।
ओमको टोली पुग्नु अघि ती क्षेत्रमा स्वास्थ्य सेवालिएर कुनै पनि समूह तथा टोली नपुगेको स्थानीय बासिन्दाले बताएका छन् । बाढी पीडितहरुलाई लाखौं मूल्य बराबरको औषधिहरु प्नि निःशुल्क वितरण गरिएको टोलीको नेतृत्व गर्नु भएका ओम अस्पतालका प्रबन्धक विजय प्याकुरेलले जानकारी दिनुभयो ।
प्याकुरेलका अनुसार सप्तरीका पनि विभिन्न ग्रामिण इलाकामा सफलतापूर्वक शिविर संचालन गरी सयौं स्थानीयलाई सेवा दिइएको थियो । बाढी पिडितहरुको उपचारकालागि ओम अस्पतालका डाक्टर, नर्स तथा कर्मचारीसहितको एघार सदस्यीय टोली गत साउन ३२ गते महोत्तरी पुगेको थियो ।













प्रतिक्रिया