२१ कार्तिक २०८३, शनिबार

सिप्रदीयन सहायता संस्थाद्धारा रौतहट, सप्तरी र बर्दियाका बाढी पीडितलाई खाद्यान्न वितरण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । सिप्रदीयन सहायता संस्थाले रौतहट, सप्तरी र बर्दियाका बाढी पीडितहरुलाई राहत सामाग्री अन्तर्गत खाद्यान्न वितरण गरेको छ । उक्त संस्थाले रौतहट, सप्तरी, बर्दिया जिल्लाका एक सय ७५ बाढी पीडित घरधुुरीलाई दैनिक उपभोग्य सामाग्री वितरण गरेको हो ।

संस्थाकाअनुसार स्थानीय समाजसेवी डिके झा, स्थानीय प्रहरी र जिल्ला प्रशासन कार्यालय रौतहट समेतको रोहवरमा प्रतिपरिवार २५ केजी चामल, तीन केजी दाल, तीन केजी चिउरा, १२ लिटर पानी, एक केजी नुुन, आधा लिटर खाने तेल, पाँच प्याकेट चाउचाउ र एक प्याकेट मसला बितरण गरिएको हो ।

यसरी एक सय ७५ घर परिवारमा बितरण गरिएको कुुल खाद्य सामाग्रीमा एक सय ७५ बोरा चामल, एक सय ७५ प्याकेट दाल, एक सय ७५ प्याकेट चिउरा, एक सय ७५ कार्टुुन पानी, १९ कार्टुुन चाउचाउ, एक सय ७५ प्याकेट नुुन, आधा लिटरको एक सय ७५ प्याकेट खाने तेल र एक सय ७५ प्याकेट मसाला रहेको कम्पनीले जानकारी दिएको छ । सस्ंथाकाअनुसार रौतहटमा मात्र तीन लाख ९४ हजार आठ सय ३७ रुपैयाँ बराबरको खाद्य सामाग्री बितरण गरिएको हो ।

सस्ंथाको ईटहरी शाखाको तर्फबाट पनिसप्तरी र केराबारी क्षेत्रकातीन सय १७ घरधुरीलाई पनि सात लाख ५५ हजार रुपैयाँ बराबरको खाद्य सामाग्रीबितरण गरेको कम्पनीले जानकारी दिएको छ । सस्ंथाका अनुसार ईटहरी वडा नम्वर तीनका७५ घरधुरीलाई भाँडाकुुंडा, ईटहरी कै वडा नम्वर १७ र १९ का २७ परिवालाई भाडाँकुुडा र केराबारीका ५० परिवारलाई भाँडाकुुंडा बितरण गरिएको हो भने सप्तरीको एक सय ६५ परिवारलाई खाद्य सामाग्रीबितरण गरिएको हो ।

सस्ंथाले नेपालगञ्जशाखाको तर्फबाट पनिबर्दियाका एक सय ३८ परिवारलाई तीनलाख २२ हजार चार सय ८५ रुपैयाँ बराबरको खाद्य सामाग्री बितरण गरिएको छ । सस्ंथाका अनुसार प्रति परिवार २० केजी चामल, तीन केजीदाल, दुुई केजी चिउरा, दुुई केजी चिनी, एक प्याकेट नुुन, दुुई लिटर खाने तेल र पानी समेत बितरण गरिएको हो ।

सिप्रदीयन सहायतासस्ंथा, सिप्रदी टे«डिङ्ग प्रा.लि. को संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालित छ ।