२१ कार्तिक २०८३, शनिबार

राजकीय भ्रमणमा मौलाना ‘नेपाली’ नेतृत्वको १० सदस्यीय टोली साउदी जाँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

चन्द्रौटा(कपिलवस्तु), ८ भदौ । कपिलवस्तुको कृष्णनगर नगरपालिका ३, चैपुरवा निवासी राष्ट्रिय मदरसा संघका केन्द्रिय महासचिव मौलाना मशहूद खाँ ‘नेपाली’ को नेतृत्वमा मुस्लिम शीर्षस्थ १० सदस्यीय टोली आज साउदी जाँदैछन् ।

साउदी अरबका राजा सलमानविन अब्दुलअजिज अलेसउदको निमन्त्रणामा मदरसा बोर्डका केन्द्रिय सदस्य मौलाना ‘नेपाली’ नेतृत्वको टोली साउदी अरब जान लागेको हो । टोलीमा सांसद कौसर शाह, डीआईजी असगर अली, समाजसेवी इकबाल अहमद मक्की, मोहम्मद बिन समेत शीर्षस्थ व्यक्तित्वहरु रहेका छन् । साउदी अरबका लागि टोली दुई दिनअघि नै काठमाडौं पुगीसकेको बताइएको छ ।

आज (बिहीबार) साँझ ४ः३० बजे उडान हुने टोली संयोजक ‘नेपाली’ले जानकारी दिनुभयो । टोली १४ दिनसम्म राजकीय भ्रमणमा रहने ‘नेपाली’ले बताउनुभयो । राजकीय भ्रमणका लागि साउदी राजाले निमन्त्रणा दिएकोमा टोलीका इकबाल अहमद मक्कीले धन्यबाद ज्ञापन गर्नुभएको छ ।