गुल्मी, ७ भदौ । गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनुराग कुमार द्विवेदीले जनमुखी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ ।
सरुवा भएर आएका प्रहरी उपरीक्षक द्विवेदीले मंगलवार तम्घासमा प्रहरीका बिभिन्न मातहतका प्रमुखहरूसँगको अन्र्तक्रियामा कानूनी राज्यको मूल अबधारणबाट निदृष्ट रहेर लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसाथ गर्दै जनमुखी सेवा प्रदान गर्न निर्देशन दिनुभयो ।
उहाँले कानून हातमा लिने जो कोहीलाई पनि नछोड निर्देशन दिनुभयो । ‘जनतालाई शान्ति सुरक्षा प्रदान गर्ने सवालमा कानून मिचेर शान्ति सुरक्षा खलबलाउने खालका अपराधिक क्रियाकलाप गर्ने जो कोहीलाई नछाड्नु होला’, उहाँले भन्नुभयो ।













प्रतिक्रिया