२१ कार्तिक २०८३, शनिबार

झाडापखालाबाट मृत्यु भएकी बालिकाको परिवारलाई सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सन्तोष यादब

सिरहा, ६ भदौं । सिरहाको औरहीमा फैलिएको झाडापखालाबाट मृत्यु भएका पीडित परिवारलाई नेपालय कलेज काठमाडौंले १५ हजार रुपैयाँ सहयोग गरेको छ ।

चार दिन अगाडि औरही गाउँपालिका ५ का रामभरोज रजकका डेढ वर्षीया छोरी भारती साफीको झाडापखालाबाट मृत्यु भएको थियो ।

मृतक परिवारलाई हालसम्म न सरकार, न कुनै संघसंस्थाले सहयोग गरेपछि उक्त कलेजले आर्थिक सहयोग गरेको हो ।

औरहीमा झाडापखाला फैलिएको र एक बालिकाको मृत्यु भएको समाचार आएपछि उक्त कलेजका विद्यार्थी र शिक्षकहरूले आर्थिक संकलन गरेका थिए ।

संकलित रकममध्ये एक हजारका दरले ६१ जना बाढीपीडितलाई एक हजारका दरले राहत दिएको नेपालय कलेजका प्राध्यापक सुन्दर थापाले जानकारी दिनुभयो ।