२१ कार्तिक २०८३, शनिबार

सशस्त्र प्रहरीद्वारा पाँच लाख रुपैयाँ बढीको कुखुराको चल्ला बरामद

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, ६ भदौ । अवैध रुपले नेपाल भित्र्याउन लागेको सात हजार छ सयवटा कुखुराको चल्ला बाँके जिल्लाको खजुरा गाँउपालिका ४ स्थित खजुरा चोकबाट एपीएफ टोलीले बरामद गरेको छ ।

करिब पाँच लाख ३२ हजार रुपैयाँ बराबरको उक्त चल्ला सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म जमुनाहबाट खटिएको एपीएफ टोलीले भाद्र ५ गते बरामद गरेको हो ।

भे. १ च २२४१ नम्बरको जीपमा अवैध ढंगले ल्याउँदै गरेको उल्लेखित चल्ला सो गुल्मबाट सशस्त्र प्रहरी नायव निरीक्षक डिल बहादुर खत्रीको कमाण्डमा गस्तीमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

चोरीपैठारीको उल्लेखित चल्ला भारतबाट नेपाल ल्याउने कार्यमा प्रयोग भएको सो गाडी समेत एपीएफ टोलीले बरामद गरेको छ ।

एपीएफ टोलीले बरामद कुखुराको चल्ला गाडीसहितै आवश्यक कारवाहीको लागि तत्कालै पशु क्वारेन्टाइन चेक पोष्ट जमुनाहमा बुझाएको छ ।

उक्त चल्ला हिजै स्थानीय पशु स्वास्थ्य प्राविधिक र स्थानीयको रोहबरमा नष्ट गरिएको छ ।