२१ कार्तिक २०८३, शनिबार

गुल्मीका २ प्राध्यापकद्धारा माओवादी केन्द्र परित्याग

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिल खत्री

गुल्मी, ५ भदौ । गुल्मीका २ प्राध्यापकहरुले पार्टी परित्याग गरेका छन् । नेकपा माओवादी केन्द्रसंग आबद्ध रहेका प्राध्यापकहरु रेसुङ्गा नगरपालिका वडा नम्बर १ निवासी पदमप्रसाद पाण्डेय र छत्रकोट गाउँपालिका ४ निवासी बुद्धराज न्यौपानेले पार्टी परित्याग गरेको जनाएका छन् । सोमवार एक प्रेस बिज्ञप्ती जारी गर्दै प्राध्यापकहरुले पार्टी परित्याग गर्दै उक्त पार्टीमा कुनै पनि संलग्नता नरहेको जनाएका छन् ।

उनीहरुले नेतृत्वको कार्यशैलि मन नपरेकोले पार्टीमा बसी रहनु उचित नरहेको बताए । दुबै प्राध्यापकहरु रेसुङ्गा बहुमुखी क्यामपसमा अध्यापन गराउँदै आएका छन् । न्यौपाने साधारण सदस्यसंगै माओवादी केन्द्रनिकट प्राध्यापक संघमा अबद्ध थिए भने पाण्डेय पार्टीको पूर्व जिल्ला कमिटी सदस्य समेत बनेका थिए ।