२१ कार्तिक २०८३, शनिबार

जनार्दनको उर्जामा कुलमानजस्तै गृहमा सुरेन्द्र शाह बन्न सक्लान ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– निशानदाजु भट्टराई

दाङ, ५ भदौ । गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले गृहमन्त्रालयको नेतृत्व गरेको करिब दुई महिना हुन लागेको छ । दुई महिनाको विचमा उनले केही नयाँ सुधारात्मक कार्यहरु गरेर देखाएका छन् । प्रहरीभित्र लामो समयदेखि रोकीराखेको बढुुवा प्रकृया अगाडि बढाए भने सुरक्षा सल्लाहकार नियुक्त गरेर प्रहरी संगठनलाई गतिशिल बनाउने काम गरेका छन् ।

गृहमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै प्रभाकरले प्रहरीभित्र सुधार गर्ने घोषणा पनि गरेका थिए । उनले उक्त कुरा घोषणामात्र गरेनन्, आफ्नो ८४ बुंदे प्रतिवद्धता पत्रसमेत सार्वजनिक गरे । उर्जा मन्त्रालयको नेतृत्व सम्हाल्दा मुलुकमा लोडसेडिङ घटाएर चर्चामा आएका प्रभाकर उर्जामा पाएको त्यो सफलता गृहमन्त्रालयमा पनि प्राप्त गर्ने गरी योजनावद्धरुपमा अगाडि बढेका छन् ।

केही कुरामा फाटफुट विवादमा आएपनि उनि ठुलो विवादमा अझै परेका छैनन् । गृहमन्त्रालयको नेतृत्व गरे लगत्तै उनले प्रहरी प्रशासनमा सर्वसाधारणको पहुँच पुर्याउने गरी प्रहरी र नागरीकको सम्बन्ध नङ र मासु झै स्थापित गर्ने बताए । नागरीकको सहयोग विना प्रहरीले केही गर्न नसक्ने बुझेका गृहमन्त्री प्रभाकरले सुरुमा प्रहरीलाई जनताको विश्वास जित्ने गरी वातावरण बनाउने खालमा कार्यक्रम ल्याए र परीस्थिती अनुसार नेतृत्व गर्ने शैलिको विकास गर्ने गरी प्रहरी अफीसरहरुलाई निर्देशन दिए ।

सुरुमै राम्रो काम गरेर चर्चामा आएका उनी २ महीनाको समयावधिमा प्रहरीभित्र केही सकारात्मक काम गरेर देखाइदिएका छन । नेतृत्वले चाहे जुनसुकै क्षेत्रको विकास सम्भव छ भन्ने पुष्टि गृहमन्त्री प्रभाकरले प्रहरीभित्र गर्दै जनताको मन जित्ने गरी काम थालनि गरीसकेका छन । सुकिला, मुकिलाको मात्र नभई निमुखाहरुको पक्षमा पनि प्रहरी रहेको भनेर उनले सार्वजनिक रुपमा बोलेका थिए । उनले आफुलाई भेट्न आउने प्रहरी भित्रको ठुलो अफीसरदेखि तल्लो तहको जवान सम्म निश्चित समय छुट्टाएर भेट्नेसमेत गरेका छन् ।

पछिल्लो समयमा प्रहरीभित्र गृहमन्त्री शर्माले आफुलाई काम गर्न सजिलो होस भन्ने उद्देश्यले सुरक्षा सल्लाहकारसमेत नियुक्त गरीसकेका छन् । उनले पुर्व एआइजी रुकुमका सुरेन्द्रबहादर शाहलाई आफ्नो सुरक्षा सल्लाहकारमा नियुक्त गरेका हुन् ।

यसअघि गृहमन्त्रीहरुले राजनितिक नेतालाई राजनीतिक सल्लाहकारका रुपमा नियुक्त गर्ने गरेपनि अहिले वर्तमान गृहमन्त्री प्रभाकरले सुरक्षा विशेषज्ञरुपमा पुर्व एआइजी शाहलाई सल्लाहकार नियुक्त गरेका हुन् । सुरक्षाको सवालमा विज्ञ मानिने शाहले प्रभाकरलाई विज्ञरुपमा सुझाव दिनेछन् ।

यद्यपी, माओवादि केन्द्रका अध्यक्ष प्रचण्ड र वर्तमान गृहमन्त्री प्रभाकरले आइजिपी बनाउने वचन दिएपनि बनाउन नसकेपछि शाहलाई राज्यमन्त्रि सरह सेवा सुविधा हुने गरी सल्लाहकारको जिम्मेवारी दिएको माओवादी नेताहरु बताउछन् । आफैमा क्षमतावान र सक्षम अधिकृतकारुपमा पहिचान बनाइसकेका शाहलाई प्रहरीभित्र सुरक्षा विज्ञकारुपमा परीचित छन ।

तर, अहिले गृहमन्त्रीले शाहलाई नियुक्त गरेपछि उनिमार्फत प्रहरीभित्र छुट्टै गुट सञ्चालन गर्न खोजेको आरोप लाग्दै आएको छ । उक्त आरोपको ठाडै अस्विकारगर्दै फोनमा कुराकानि गर्दै सुुरक्षा सल्लाहकार शाहले भने आफुलाई यस विषयमा कुनै कुरा थाहा नभएको प्रतिक्रीया दिनु भयो । उनले आफुलाई राम्रो गरेको जस्तो लागेको भन्दै जसले आफुलाई यस्तो आरोप लगाए उनैसंग प्रश्न सोध्न पनि सुझाए । ‘मलाई प्रहरीभित्रको धेरै कुरा थाहा हुँदैन, म नितान्त गृहमन्त्रीजीको सुरक्षा विज्ञकोरुपमा नियक्त भएको हुँ, गृहमन्त्री जीले सुरक्षाको विषयमा सोध्नु भएछ भने मैले सुझाव दीने हो भाई मेरो काम, त्यो भन्दा बढि छैन’– फोनमा शाहले भने ।

आफुलाई जोडेर जुन किसीमले गृहमन्त्री र वर्तमान आइजिपीको विषयमा सञ्चारमाध्यममा समाचार आएका छन् ति सबै कुराहरु गलत र भ्रामक रहेको समेत दावि गरे । उनले अहिले गृहमन्त्री शर्माले शान्ति सुरक्षालाई चुस्त दुरुस्त बनाउन सबैखाले उपाय अपनाएको भन्दै यसले गति लिने बताए । प्रहरीलाई आधुनिक प्रविधि, क्षमता अभिबृद्धि तालिम र विभिन्न हौसला प्रदान गर्ने खालका कार्यक्रम गृहमन्त्रीले ल्याउनु भएको छ, यसवाट प्रहरी र नागरीकको सम्वन्ध थप सुधार हुँदै जान्छ–सुरक्षा सल्लाहकार शाहले थपे ।

प्रहरीभित्र शाहसहित ४ जना प्रहरी अधिकारीहरुले संयुक्त राष्ट्रसंघमा सुरक्षा सल्लाहकारको रुपमा काम गरीसकेको लामो अनुभव छ । संयुक्त राष्ट्र संघमा कोफीआनानको सुरक्षा सल्लाहकारको रुपमा शाहले काम गरिसकेका छन् । २००२ देखि २००४ सम्म उनले त्यो जिम्मेवारी कुशलतापुर्वक निर्वाह गरेका थिए ।

उर्जामा रहदा कुलमान घिसिङलाई अगाडि सारेर उर्जामा राम्रो सफलता हासिल गरेका गृहमन्त्री प्रभाकरले ठिक त्यसैगरी अहिले सुरक्षा सल्लाहकारकोरुपमा शाहलाई अगाडि ल्याएका हुन् ।

प्रहरीभित्र स्वच्छ छविका रुपमा आफ्नो परीचय कमाएका शाहकै सुझावका आधारमा अहिले प्रहरीले संघिय संरचना अनुसार पुर्नसंरचना गर्न थालिएको छ । शाहको सुझावलाई मध्यनजर गर्दै गृहमन्त्रीले प्रदेशमा एआइजि खटाउने गरी संघिय संरचनामा प्रदेशको संरचना बनाइन लागेको छ ।

सरकारले सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक एआइजीलाई खटाउने भएको छ । प्रहरीलाई संघीय संरचनामा रूपान्तरणको गृहकार्यस्वरूप प्रहरी नियमावली संशोधन गरी एआइजीलाई कानुनी अधिकार दिएर प्रदेशमा पठाउन लागिएको हो ।

दुई साताअघि बढुवा भएका एआइजीहरूलाई अहिलेसम्म पदस्थापन गरिएको छैन । उनीहरूलाई प्रदेशमै पठाउने तयारी भइरहेको गृहमन्त्री जनार्दन शर्माका सल्लाहकार सुरेन्द्रबहादुर शाहले बताए । प्रहरी संगठनलाई वलियो र चुस्तदुरुस्त राख्न गृहमन्त्री केही हदसम्म सफल मानिएका छन् । प्रहरीको बृत्ति विकास, आधुनिक प्रविधि, हौसलाका लागि सुरक्षाको सवालमा नमुना योग्य काम गरेको खण्डमा पुरस्कारस्वरुप बढुवा गर्ने लगायतका कामहरुमा गृहमन्त्रीले आफै ध्यान दिएका छन् ।

काम गर्दा केही असन्तुष्टि देखा परेपनि त्यति ठुलो अन्यायपुर्ण असन्तुष्टि वाहीर आएको छैन् । अपराधमा शुन्य सहनशिलता अपनाएका प्रभाकरले आर्थिक पारदर्शितामा कमजोर मानिएका सप्तरी र विरगञ्जका एसपिहरुलाई हेडक्वाटर तानेका छन् । त्यतिमात्र नभई गृहमन्त्री प्रभाकर आफै पनि वेला–वेलामा अनुगमनमा निस्कीएर जनताप्रति प्रहरी जिम्मेवार छन् भन्ने शन्देश दिएका छन् । तर, प्रभाकरले जुनरुपमा प्रहरीलाई चुस्त दुरुस्त बनाउन पहल गरेका छन्, यसबाट सुरक्षाका अन्य संगठनहरु गतिशिल हुन्छन कि हुँदैनन् भनेर जिज्ञासा उठ्न थालेको छ । प्रभाकरले सुरक्षा संगठन सबै चलायमान बनाउन आफै पनि लागि परेका छन् ।