२१ कार्तिक २०८३, शनिबार

टीकापुर घटनाका नाममा थुनिएका नेता कार्यकर्ता रिहाइ गर : योगेन्द्र चौधरी

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । नेपाल फोरम लोकतान्त्रिकका पार्टीका मुख्य सचेतक योगेन्द्र चौधरीले टीकापुर घटनाका नाममा निर्दोश नेता कार्यकर्ताहरूलाई अहिले पनि थुनामा राखेको भन्दै रिहाइको माग गर्नुभएको छ ।

संसदको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै मुख्य सचेतक चौधरीले संविधान संशोधनको माग राख्ने थारू नेताहरूलाई अहिले पनि थुनामा राखेको भन्दै रिहाइको माग गर्नुभयो ।

‘संविधान संशोधनको माग गर्नेहरूलाई टीकापुर घटनाका दोषीहरूमा अहिले पनि थुनेर राखिएको छ’, उहाँले भन्नुभयो, ‘पहिला सरकारले पक्राउ परेका थारू नेताहरूलाई छाडिनु पर्छ ।’

चौधरीले भारतले बनाएको बाँध र उच्च सडकहरूका कारणले तराईमा डुबान भएको आरोपहरू लागेको बताउँदै प्रधानमन्त्रीको भ्रमणका बेला सो विषयलाई प्राथमिकताका साथ अगाडि बढाउनु पर्ने बताउनुभयो ।

‘भारतका कारण डुबान भएको हो भने हिम्मत गरेर यो विषयलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उठाउनु पर्छ’, उहाँले भन्नुभयो ।