२१ कार्तिक २०८३, शनिबार

‘मेरो शरीरमा कसैले नछुनु होला’ भनेर किशोरी हामफालेपछि…

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ५ भदौ । पोखरा–लेखनाथ महानगरपालिका रामघाटस्थित सेती नदीमा हामफाली एक किशोरी बेपत्ता भएकी छिन् ।

महानगर–१५ शिवचोक घर भई रामबजारमा रहेको कालिका उच्च माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत १४ वर्षकी अग्नि गुरुङ आइतबार साँझ सेतीमा हाम फालेर बेपत्ता भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

प्रहरीका अनुसार उनले हामफाल्नुअघि लेखेको सुसाइट नोटमा ‘मेरो शरीरलाई कसैले नछुनु’भनी उल्लेख गरेको एक पत्रसमेत फेला परेको बताइएको छ । रासस