काठमाडौं, ३ भदौ । समग्र कर्णालीको प्रतिनिधित्व गर्दै साझा उम्मेदवारको रुपमा एलपी देवकाटाले पत्रकार महासंघको केन्द्रिय सदस्य (कर्णाली) बाट आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
जीवनको आधा उम्मेर कर्णालीको पत्रकारीतामा विताएका जुम्लाका एलपी देवकोटा नेपाल पत्रकार महासंघको २५ औ महाधिवेशनमा केन्द्रिय सदस्य (कर्णाली) तर्फ कर्णालीका साझा उम्मेदवारका रुपमा देखिएका छन् । वर्षले २६ पुगेका देवकोटाले विगत १२ वर्ष देखि कर्णालीको पत्रकारीतामा सक्रिय भएर कर्णालीमा विकास र खोज पत्रकारीता गर्दै आएका छन् ।
यही भदौ ४ र ५ गते हुने २५ औ महाधिवेशनमा समग्र कर्णालीको प्रतिनिधित्व गर्दै उनलाई जुम्लाले साझा उम्मेदवार वनाएको हो । प्रेस सेन्टर नेपाल, नेपाल प्रेस युनियन, मिडिया नेपाल, पत्रकार समाज, क्रान्तिकारी पत्रकार महासंघ लगायतले उनलाई साझा उम्मेदवारका रुपमा अघि बढाएका छन् ।
दुर्गम क्षेत्रबाट सत्य तथ्य साथै निश्पक्ष सामाचार खोज अनुसन्धान गर्दे आफ्नो राष्ट्रिय मिडियामा सम्प्रेषण गर्नु शहरी क्षेत्रका पत्रकार भन्दा दुर्गमका पत्रकारलाई सोभाविक रुपमा असजिलो पर्ने गर्दछ ।
कर्णालीलाई उनले राज्यको मुलधारमा ल्याउनका लागि पत्रकारीता निरन्तर लागि गरेका छन् ।
हाल उनि कान्तिपुर टेलिभिजन र कान्तिपुर दैनिकका जुम्ला सम्वाददाता हुन् ।












प्रतिक्रिया