२१ कार्तिक २०८३, शनिबार

लुम्बिनी अञ्चल यातायात कार्यालय : यसरी हुन्छ घुसको कारोबार

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बुटवल, ३१ साउन । गएको हप्ता मोटरसाइकल नामसारी गर्न गएका कपिलवस्तु लबनीका असलम सिद्धीकी २ दिन सम्म फाइल खोज्दैमा हैरान परे । तर त्यहीँकै एक कर्मचारीको सल्लाहमा तेस्रो दिन सोही शाखाका कार्यरत विष्णु खनाललाई पाँच सय रुपैया दिएको केही मिनेटमै उनको फाइल भेटियो । र, सोही दिन बाइक नामसारी गरे ।

असार २८ गते भैरहवाकी झमकला रायमाझीले लु १२ प ५१६५ नम्बरको मोटरसाइकल नामसारी गर्न यातायात पुगिन् । उनी फाइल स्टोर शाखा पुरानो ६ नम्बरमा दिनभरी बसिन् तर उनको फाइल भेटिएन । सोही शाखाका कर्मचारी खनालले फाइल खोजिदिन भन्दा उल्टै थर्काए । उनको फाइल अझै सम्म भेटिएको छैन ।

यी प्रतिनिधिमूलक घटना हुन् लुम्बिनी अञ्चल यातायात व्यवस्था कार्यालय बुटवलको । सो कार्यालयमा भ्रष्टाचार भएको प्रमाण सहित बारम्बार मिडियामा मात्रै आएको हैन । अख्तियारले समेत छापा मारिरहन्छ । तर अहिले सम्म उक्त कार्यालयका कर्मचारीले सेवाग्राहीसँग घुस असुल्न छोडेका छैनन् । कार्यालयमा प्रमुखले करारमा कर्मचारी नियुक्त गरेर सेवाग्राहीसँग अतिरिक्त रकम असुलिरहेको एक ड्राइभिंग व्यवसायीले नाम नबताउने शर्तमा जनाए । उनले भने ‘स्थायी कर्मचारीले घुस लिदा खतरा हुने भएकोले करारको कर्मचारी नियुक्ति गरेर सेटिंग मिलाइ रहेका छन ।

‘यसरी सेवाग्राहीसँग सिधै घुुस मागेको सम्बन्धमा हामीले कार्यालयका निमित्त प्रमुख कमल ज्ञवालीलाई सम्पर्क गर्दा उनले कार्यलयमा त्यस्तो काम नभएको जिकिर गरे । उनले भने ‘हाम्रो कुनैपनि कर्मचारीले यदि सेवाग्राहीसँग घुस लिएको थाहा पाइयो भने तत्काल कानुन अनुसार कारबाहि गर्न हामी तयार छौं ।’

यातायात कार्यालयमा साढे ३ सय फाइल रहेको र सो खोज्न समय लागेको हुन सक्ने मोटरसाइकल फाँटका अधिकृत इश्वरी रेग्मीले जनाए । उनले घुमाउरो तरिकाले फाइल खोज्ने कर्मचारी खनालको बारेमा यसअघि पनि पटकपटक गुनासो आएकोले उनलाई सचेत गराउने बताए ।

जनताको काम गर्न बसेका कर्मचारीले पैसा नपाए फाइलै समेत गायब गरिदिने समेत गर्दा रहेछन् भन्ने कुरा यातायात कार्यालयबाट देखिएको छ । पैसा पाए तत्काल भेटिने फाइल पैसा नपाए जत्ति खोज्दा पनि भेटिदैंन ।