काठमाडौं, ३१ असार । एक किलो सुनसहित रानीवारी चोकबाट तीन जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं महानगरपालिका–३ रानीवारी चोकबाट बा.८ च ६९४१ नम्बरको टाटा कारमा सवार काठमाडौं नेपालटार बस्ने नुवाकोट विदुरका ३२ वर्षीय निरञ्जन बस्नेत, काठमाडौं बसुन्धारा बस्ने कास्की चापाकोट–५ का ४८ वर्षीय धनबहादुर विक र सोही ठाउँकी ४३ वर्षीया राजकुमारी विकलाई अवैध रुपमा लिएर हिँडेको अवस्थामा ‘एक केजी फाइन गोल्ड’ लेखिएको २ वटा सुनको ढिक्का सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।












प्रतिक्रिया