२१ कार्तिक २०८३, शनिबार

भक्तपुरमा २० वर्षीय युवतीको सामूहिक बलात्कार, तीन जना पक्राउ

14.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ३१ असार । भक्तपुरमा एक युवतीको सामुहिक बलात्कार भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार भक्तपुर नगरपालिका–२ कालोपाटी एभरेष्ट फर्मको भवनमा चाँगुनारायण–२ की २० वर्षीया युबतीको बलात्कार भएको हो ।

युवतीमाथि जबरजस्तीकरणी गर्ने भक्तपुर बोलाखे बस्ने २१ वर्षीय सुसन भोलान्दे, भक्तपुर कालोपाटी बस्ने २१ वर्षीय विक्की गोठे र सोही ठाउँ बस्ने २२ वर्षीय सुनिल बाटीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले आफूलाई सामुहिक रुपमा जबरजस्ती करणी गरेको भन्ने पीडितको जाहेरीको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।