२१ कार्तिक २०८३, शनिबार

कमल थापाद्वारा ४२ केन्द्रीय सदस्य मनोनीत (नामसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केन्द्रीय कार्यसमिति विस्तार गरेका छन् ।

पार्टीको विधानअनुसार थापाले शुक्रबार ४२ जना केन्द्रीय सदस्य मनोनीत गरेका हुन् । केन्द्रीय सदस्यमा मनोनीत हुनेमा विश्वबन्धु थापा, प्रदीप उदयदेखि पत्रकार किरण गिरीसम्मका रहेका छन् ।

राप्रपाका अनुसार विश्वबन्धु थापा, भास्कर भद्रा, लक्ष्मीप्रसाद संग्रौला, मधु अधिकारी, मुकुन्दश्याम गिरी, पुष्करराज जोशी, हिक्मतसिंह भण्डारी, हिक्मत ढकाल, इन्द्र चित्रकार, रमानन्द न्यौपाने, रविन चाम्लिङ, लालध्वज लामा, नारायण श्रेष्ठ मनोनीत भएका छन् ।

त्यसैगरी जनक कुँवर, प्रदीप उदय, मदनबहादुर कार्की, धनबहादुर थापा, बाबुकाजी प्रधान, दिलिपबहादुर बस्नेत, कर्णबहादुर बुढा, किरण गिरी, धर्मराज जोशी, अर्जुन राई, सुरेन्द्र केसी, रामेश्वर थापा, उज्जवल बिक्रम थापा, पतिराम चुनारा,विन्दा गिरी, पवित्रा सुब्बा श्रेष्ठ पनि मनोनीत भएका छन् ।

सरस्वती केसी, भरत पाठक, ओमप्रकाश आजाद, तीर्थराज चटौत, पदमबहादुर बस्नेत, बसन्तमान सिंह अधिकारी, भुपाल किराती, रोहित राजवंशी, राजकुमार पोखरेल, विश्वेश्वर शर्मा सुवेदी, डा.विष्णु भण्डारी र राजेन्द्रवीर रायलाई पनि अध्यक्ष थापाले केन्द्रीय सदस्य मनोनीत गरेका छन् ।