प्यूठान, ३० असार । प्यूठानमा यस वर्ष १ लाख ५० हजार विरुवा रोपिदैँ छन् । जिल्ला बन कार्यालयले जिल्लाका निजी एवँ सामुदायिक बन समूहलाई निःशुल्क बिरुवा बितरण गरेर देढ लाख बिरुवा रोप्ने तयारी गरेको हो ।
जिल्लाको बागेँसाल, बिजुवार र बहाने गरि तीन स्थानमा नर्सरी स्थापना गरि कार्यालयले बिरुवा उत्पादन गर्दै आएको हो। साउन पहिलो साता सम्ममा जिल्लाका सबै लक्षित क्षेत्रमा बृक्षारोपण गरेर सकिने जिल्ला वन कार्यालयका रेन्जर हरि पौडेलले बताए । प्रतिहेक्टर १ हजार ६ सय बिरुवा लाग्ने उनले जानकारी दिए। यो बर्ष निजी, आवादी र सामुदायिक बन समुह गरि २५ हजार हेक्टर भन्दा बदि जमिनमा बृक्षारोपण गरिने छ । जिल्लाको कुल ७२ हजार ६ सय ९४ हेक्टर वन क्षेत्र मध्ये ४ सय २० वटा सामुदायिक बनलाइ झण्डै ४८ हजार हेक्टर वन क्षेत्र समुदायलाइ हस्तान्त्रण गरिएको छ ।
६५ सय बिरुवा रोपिए
राप्ती नदि किनारको रानीबास वगरमा बिभिन्न थरिका लगभग ७ हजार बिरुवा रोपिएका छन । जिल्ला बन कार्यालयले बिरुवा प्रदान गरेपछि प्यूठानको सरुमारानी २ स्थित डोढखोली सामुदायिक बन क्षेत्रमा बिरुवाहरु रोपिएका हुन । यहाँको जम्मा साढे चार हेक्टर जमिनमा बिरुवा रोपिएको हो। सिसौ, खयर, बुकाइनो, सिमल लगायतका बिरुवा बृक्षारोपण गरिएको सामुदायिक बनकी सचिव धनाकुमारी घर्तीले जानकारी दिइन । बृक्षारोपण कार्यक्रममा बन समुहका पदाधिकारी र सदस्यहरको सहभागिता रहेको थियो ।













प्रतिक्रिया