१५ कार्तिक २०८३, आइतबार

भारतीय मिडियाले गिरिजाप्रसादलाई जेल हाल्नुपर्ने भनेपछि…

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दुई दशक देखि पत्रकारितामा सकृय जगत नेपाल हाल कान्तिपुर टेलिभिजनका राजनीतिक व्युरो प्रमुख छन् । १५ वर्ष यता टेलिभिजन पत्रकारितामा संलग्न नेपालसंग रेडियो नेपाल र छापा माध्यममा काम गरेको अनुभव छ ।

त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता विषयका उप प्राध्यापक समेत रहेका पत्रकार नेपाल राजनीतिक विषयवस्तुसंग सम्वन्धित खोज अनुसन्धान विशेष रुचि राख्छन् । पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जीवनीमा आधारित पुस्तक आफ्नै कुरा र नेपालको पहिलो निर्वाचित संसदसंग सम्वन्धित उनको पुस्तक पहिलो  संसद बीपी महेन्द्र टकराव प्रकाशित छन् ।

यसका अलावा पत्रकार नेपालले राजनीतिक विषयसंग सम्वन्धित डकुमेन्टी फिल्म निर्माण गरेका छन् । जस्तो टिम्वुरवोटे र प्रजातन्त्रका लागि जहाज अपहरण । चार वर्ष युरोपका विभिन्न मुलुक र गत वर्ष अष्टिलियमा देखाइएको प्रजातन्त्रका लागि जहाज अपहरण वृत्तचित्र गत साता राधानीमा देखाइएको छ । विमान अपहरणका योजनाकार, चालक, यात्रु र तत्कालीन प्रधानमन्त्री सहित त्यो घटनामा संलग्न पात्रहरुसंगको अन्तवार्तामा आधारित यो ऐतिहाशिक डकुमेन्टका वारेमा प्रस्तुत छ पत्रकार जगत नेपालसंग गरिएको कुराकानी ।

विमान अपहरण भएको घटनाको इमेज प्रस्तुत गर्न तपाई के कुरावाट प्रेरित हुनु भएको हो ?

कान्तिपुर टेलिभिजनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जीवनीमा आधारित कार्यक्रम आफ्नो इतिहास आफ्नै वृत्तान्त चलिरहेको थियो । हरेक साताको शनिवार प्रशारण हुने यो कार्यक्रमले मलाई पत्रकारितामा स्थापित गर्न सबै भन्दा वढी भूमिका खेल्यो जस्तो लाग्छ । त्यही अन्तवार्ताका क्रममा मैले विमान अपहरणका योजनाकार गिरिजावावुसंग सविस्तार सुन्न मात्र होइन । आम दर्शकलाई सुनाउने अवसर पाए । दैत्यकथा जस्तो लाग्ने त्यो घटनाका वारेमा धेरैको चासो थियो । संयोगले छ महिनासम्म चलेको मेरो त्यो कार्यक्रम विमान अपहरण र नक्कली नोटको प्रसंगमा आई पुगेर वन्द भयो ।

भारतीय सञ्चार माध्ययममा प्रधानमन्त्री कोइरालालाई जेल हाल्नु पर्ने जस्ता समाचार पनि आए । मैले जीवनमा पत्रकारिता गर्दा त्यति धेरै स्ट्रेस कहिल्यै वेहोरेको छैन । त्यही दिन मैले अठोट गरे । अव यस विषयमा थप अध्ययन गर्छु सम्भव भए । डकुमेन्ट्री नै वनाउछु । मेरा मित्र मानवहादुर थापासंग सल्लाह गरे । उनी क्यामरा आफै चलाउछन् । इडिटिङ गर्छन् र मोटर पनि आफै चलाउछन् । थापा सहमत भए पछि काम थाले । तर काम पुरा सहज थिएन ।  म जन्मनुभन्दा झण्डै चार वर्ष अघि भएको त्यो घटनाका सबै पात्र खोज्नु पर्ने । शुरुमा चक्र वास्तोलासंग सल्लाह गरे उहाले सिधै भनिदिनुभयो । तिमी यो काममा नलाग फत्ते गर्न सहज छैन । कोही साचो वोल्नु चाहदैनन् । तर चुनौतीसंग खेल्नु नै हामी पत्रकारको धर्म हो । म निरन्तर अनुसन्धानमा लागे ।

जुन डकुमेन्ट्री तपाईले वनाउनु भयो, यसको निर्माणका कति समय लाग्यो र निर्माणकालमा कुनै अविष्मरणीय घटना सन्दर्भ केही भए की ?
यो काम पुरै सक्न चार वर्ष भन्दा वढी समय लागेको छ । विमानका यात्रु खोज्न मात्र दुई वर्ष लगाएको छु । कुनै काम गर्दा सिनियिर र साथीहरुसंग छलफल गर्छु । यही क्रममा मेरा गुरु प्रा.चिरञ्जीवी खनालले नेपाल प्रेस इष्टिच्युट वसेको ववरमहलको घर उनै अपरहणमा परेका ब्याप्टेन श्रीदेव वैद्यको हो भन्ने जानकारी दिनु भयो । त्यति मात्र होइन अन्तवार्ताका लागि समय मिलाई दिनुभयो ।  अपहरणमा परे पछिका दिनमा जहाज नउडाएका क्याप्टेन वैद्य स्वास्थ्यका कारण धेरै जसो मलेसियामा वस्थे । काठमाण्डौं आएको मौकामा त्यो अन्तवार्ता गरिएको हो ।

क्याप्टेनकी श्रीमतीले वताउनु भए अनुसार भिडियो क्यामरामा उहाँले दिएको त्यो नै पहिलो र अन्तिम अन्तवार्ता थियो ।

प्यासिन्जर खोज्नु थियो । त्यो पनि मेरा अर्का गुरु प्रा. पी. खरेलले पार लगाई दिनु भयो । उहाँ पढ्ने वेलामा डेरा गरेर वसेको रक्तकालीमा थलनाथ अधिकारी भन्ने उनका साथी वस्थे । सायद उनै हुन सक्छन् एक पटक तपाई गएर खोज्नुस् नभए म पनि गैदिउला खरेल सरले भन्नु भएको सम्झन्छु । रक्तकाली क्षेत्रमा दिनभर घुमे । थलनाथ अधिकारीको घर फेला पनि पर्‍यो । अव उनै हुन की अरु । तर थाहा भयो उनै रहेछन् ।

अधिकारीकी श्रीमती, भाई वुहारी, नौ महिनाका भतिजा पनि यात्रु रहेछन् । उनै मार्फत चार यात्रुसंग कुरा गर्ने अवसर पाए । पछि थाहा पाइयो एक जना यात्रु जया अधिकारी त म काठमाण्डौं आउदा धेरै माया गर्ने दाई सञ्जीव अधिकारीकी आमा र नौ महिनो वालक उनकै भाई पो रहेछन् । जया आमाले सुनाउनुभयो विमान अपहरण हुदासम्म उहाँलाई त्यस वारे थाहै भएन । दुर्घटना भयो भनेर भगवनाको नाम जप्नुभयो रे र त्यो घटना पछि उहाँ लगातार ३० वर्ष जहाज चढ्न भएन । जहाज देख्यो की थर्थर हुने डरले ।

अव विमानका कति पैसा जादैछ भनेर गिरिजाप्रसाद कोइरालालाई सूचना दिने राष्ट्र बैकका कर्मचारी मदन अर्याललाई उनी विराटनगरवाट काठमाण्डौ आएका वेला सितापाइला स्थित छोरीको घरमा अन्तवार्ता लिए । अनी क्यामराम्यान मानवहादुर थापा र म विराटनगर हुदै फारवेशगञ्जसम्म गयौ । फेरी हामीसंग पैसाको अभाव थियो । केही महिना काम गर्‍यो तलप जोगायो अनी घुम्न निस्क्यो । विमान भित्र खिच्न चाही म मानवहादुरजीलाई टिकट काटेर जहाजमा चढाई दिन्थे । संयोगले अपहरणमा परेका क्याप्टेनका छोरा सुरज वैद्य नै आफ्नै वावु अपहरणमा परकै जहाज उडाउथे । कथा वस्तु अनुसार क्याप्टेन बैद्यले एनिमेसन र भिजुअलका लागि सहयोग नगरेको भए यो काम सम्भव थिएन ।

तीनै जना अपहरणकारी, तीन जना यात्रु, पाइलको परिवारका सदस्य, चक्र वास्तोला र कोइराला परिवारका सदस्यलाई राखेर डकुमेन्ट देखाउन पाउदा मलाई एकदमै खुसी लाग्यो । धेरै ठाउमा देखाइयो तर त्यो चाही एउटा ऐतिहासिक क्षण थियो मेरा लागि ।

अपहरणमा जो क्याप्टेन परेका थिए तिनको मनोदशा वारे केही वताई दिन सक्नुहुन्छ ?

अपहरणमा परेर विराटनगर फर्किए पछि क्याप्टेन आर के मानन्धर धावनमार्गको छेउमा पल्टिएका थिए भनेर मलाई को क्याप्टेन श्रीदेव वैद्यले सुनाएका थिए । सहचालक बैद्यले पनि त्यो घटना पछि जहाज उडाएनन् । दक्षिण एसियामै पहिलो पटक भएको थियो विमान अपहरण । त्यसको पिडाका कारण हरेक दिन जसो वैद्यको होस जाने र फेन्ट हुने गरेको उनकी श्रीमतीले गत विहिवार मात्र मलाई सुनाउनु भयो ।

अपहरणको तनावका कारण उनमा न्युरोको समस्या देखियो । लण्डनमा झण्डै ८ घण्टा लगाएर अप्रेसन भयो । त्यो अप्रेसन त्यस वेला लण्डनमा भएका सर्जरी मध्ये अत्यन्त जटिल थियो रे ।

उपचार गरेर फर्किए पछि पनि स्वास्थ्यका कारण नेपालको प्रदुषित मौसममा वस्न नमिल्ने भएकाले क्याप्टेन बैद्य मलेसियामा वस्थे । त्यही नै उनको निधन भयो ।

अपहरणमा परेका दिन एक वर्ष एक दिनका वालक रहेका छोरा सुरजलाई उनले पाइलट नै वनाए । रमाइलो त के भने वावु अपहरणमा परेको जहाज सुरजले १० वर्ष उडाए । संयोग नै भन्नु पर्छ क्याप्टेन श्रीदेव वैद्य अपहरणमा परेको नाइन एन एवीवी जहाज उनको मृत्यु भएको एक वर्ष एक दिन कै दिन अर्घाखाचीमा दुर्घटना भयो । अझै संयोगको कुरा विहान मात्र त्यो जहाज सुरजले सोलुका लागि उडाएका थिए । प्रतिकुल मौसमका कारण ओखलढुंगावाट फर्काएर ल्याए । घर फर्केको केही घण्टा पछि जहाज हराएको खवर आयो ।

पात्रहरु मध्ये तपाईलाई सबै भन्दा जटिल, कठिन या सरल भद्र या असल कसलाई पाउनु भयो ?

लेखक : जगत नेपाल

जहाज अपहरणको सम्पूर्ण योजना वनाउने, परिचालन गर्ने काम पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए । सबै भन्दा जटिल काम उनकै थियो । मिसनका लागि कति विश्वासिला मानिसहरुको टिम वनाइएको रहेछ भन्ने थाहा पाउदा म चकित भए ।

जहाज अपहरण भएको १६ वर्ष पछि २०४६ सालमा प्रजातन्त्र आयो । तर प्रजातन्त्र आएको वषौसम्म त्यो घटनाका वारेमा योजनाकार अपहरणकारी र टिम सदस्य विच कुरा हुदैनथ्यो । कतिसम्भ भने तीन जना अपहरणकारी विगत २० वर्षमा एउटै ठाउमा वसेका सम्म थिएनन् । राइजिङ मलमा डकुमेन्ट्री रिलिज हुदाका दिन मात्र उनीहरु एक साथ वसे ।

यो पुरै काम सक्दा मलाई सवै भन्दा इमान्दार मानिस लागे अपहरणको दिन गिरिजावावुको गाडी चलाउने चालक भारतीय नागरिक गणेशलाल शर्मा ।

अरुलाई त नेपालमा प्रजातन्त्र ल्याउनका लागि रकम जुटाउनु थियो तर शर्माका लागि त त्यस्तो केही थिएन । मैले फारवेशगञ्जको उनकै निवासमा लामो अन्तावार्ता लिए । त्यस वेला शर्माले भनेका थिए यो भन्दा वढी तपाईले जे सोधे पनि म रहस्य खोल्दिन । गिरिजावावुले मसंग भन्नु भएको छ कतिपय कुरा यस्ता छन् गणेश कुनै हालतमा सार्वजनीक नगर्नु मर्दा आफैसंग लिएर जानु ति कुरा म तपाईसंग जे गरे पनि शेयर गर्दिन । कति विश्वासिला मानिस लिइएको रहेछ टिममा । मैले उनीसंग अन्तवार्ता गर्दा गिरिजावावुको मृत्यु भैसकेको थियो ।

सबै भन्दा सम्मानित पात्र को हुन् तपाईका् डकुमेन्ट्रीमा ?

त्यो वेला विमान अपहरण गर्ने युवाहरुको जोश हेर्दा मलाई उनीहरु प्रति सम्मान जाग्छ । प्रजातन्त्रका लागि जे पनि गर्ने भनेर आफ्नो रगतले हस्ताक्षर गरेर उनीहरुले पार्टीको सदस्यता लिएका थिए । र प्रजातन्त्रका लागि ज्यान दिन उनीहरु तयार थिए । प्रजातन्त्रका लागि त्यत्रो जोखिम उठाउनेहरुको मूल्याङकन भएन की ।

त्यस पछि चालक दलका सदस्य प्रति मलाई श्रद्धा छ जसले विमान काठमाण्डौ फर्काउन अन्तिम प्रयत्न गरे । अपहरणमा परे पछि पनि उच्च मनोवलका साथ यात्रु र जहाजलाई सुरक्षित रुपमा विराटनगर फर्काए ।

तपाईलाई अपहरणकाण्ड एउटा राजिनीतिक घटना लाग्यो की यसमा अपराधिक प्रवृत्ति ले पनि काम गरेको छ जस्तो लाग्छ ?

त्यो वेला यो घटना राजनीतिक नै थियो । ।  वल प्रयोग नहुनु, पैसा लगेर जहाज सकुशल फर्काइनुले पनि त्यसको पुष्टि गर्छ ।

अव कसैले राजनीतिक परिवर्तन कै लागि भनेर यस्तै प्रकारको घटना गराए भने तपाईको दृष्टिकोण के हुने छ ?

अव यस प्रकारको घटना सम्भव नै छैन जस्तो लाग्छ मलाई । त्यो तहको राजनीतिक कमिटमेन्ट पनि छैन । पैसाकै लागि अपहरण गर्नु पर्ने वाध्यता पनि रहने छैन ।

(घटना र विचार साप्ताहिकबाट साभार)