
धादिङ, २५ असार । धादिङमा एकैदिनमा दुई जना बालिका बलात्कारको घट्ना दर्ता भएको छ ।
छुट्टा छुट्टै स्थानमा भएपनि बालत्कृत हुने दुवैजना १५ वर्ष मुनिका रहेका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।
दुवै बालिका आफ्नै घरभित्र बलात्कृतको सिकार बेनका हुन् ।
अपाङगता भएकी १४ वर्षीया बालिका र अर्की १३ वर्षाीया बालिका बलात्कार भएको उजुरी बिहीबार जिल्ला प्रहरी कार्यालय धादिङमा दर्ता भएको हो ।
१४ वर्षकी अपाङ्ग बालिकालाई ७० वर्षका पुरुषले र १३ वर्षीकी बालिकालाई ४० वर्षका शिक्षकले बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।












प्रतिक्रिया