१५ कार्तिक २०८३, आइतबार

एमालेले १७० सिट किन जित्न सकेन ? यस्तो आयो एमालेको प्रतिक्रिया

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असार । पहिलो चरणमा जस्तै दोस्रो चरण निर्वाचनमा पनि एमाले पहिलो दल बनेको छ । ३३४ स्थानीय तहमध्ये कम्तीमा १७० जित्ने लक्ष्यसहित निर्वाचनमा होेमिएको एमालेले यो परिणामलाई कसरी हेरेको होला ?

एमाले भन्छ – विभिन्न दलको मोर्चाबन्दी र राज्यसत्ताको दुरुपयोगका बाबजुद दोस्रो चरणको निर्वाचनमा पहिलो दल बन्ने गरी सन्तोषजनक नतिजा आएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

पहिलो चरणमा जस्तै पार्टीको आन्तरिक सर्वेक्षणअनुसारको नतिजा नआए पनि एमालेले परिणाम सन्तोषजनक नै रहेको जनाएको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले यस्तो बताएका हुन् । ‘हामीलाई कमजोर बनाउन सत्तापक्षले जतिसुकै मोर्चाबन्दी गरे पनि एमालेको पक्षमै जनमत देखिएकाले पहिलो पार्टी बनेका छौँ ।

अघिल्लो पटकभन्दा मत र सिट संख्या दुवै बढेको छ । त्यसैले परिणामलाई सकारात्मक रूपमै लिन्छौँ,’ उनले भनेका छन्, ‘सत्तापक्षको अनियमितता, धाकधम्की, प्रलोभनका बाबजुद जनताले एमालेलाई पहिलो दल बनाउने गरी मत दिएका छन् ।’

तीन प्रदेशका ३३४ स्थानीय तहमा भएको निर्वाचनमा एमालेले कम्तीमा १७० देखि १९५ सिट जित्ने आन्तरिक सर्वेक्षणसहितको आँकडा तयार पारेको थियो । यो समाचार तयार पार्दासम्म एमालेले १४४ सिट जित्दै आठ तहमा अग्रता लिइरहेको छ ।

अन्तिम परिणाम आइसक्दा कम्तीमा १५० सिट जित्ने सम्भावना देखिएका कारण एमालेले आन्तरिक सर्वेक्षणभन्दा २० देखि ४५ सिट कम जित्ने निश्चित देखिएको छ ।

७ उपमहानगरपालिकामध्ये चारवटाको परिणाम आउँदा एमालेले बुटवल, घोराही र तुल्सीपुर जितेको छ भने धरान र इटहरीमा अग्रता लिइरहेको छ ।

उपमहानगर र नगरपालिका ५० वटा र ९४ गाउँपालिका जितेर उपमहानगर, नगर र गाउँपालिकासहित सबै तहमा एमाले पहिलो दल बनेको छ ।