वासिङ्टन (अमेरिका), २० जेठ । संयुक्त राज्य अमेरिकाको बेरोजगारी समस्या गत मे महिनामा विगत १६ वर्ष यताकै सबैभन्दा निम्न विन्दुमा झरेको यहाँको श्रम विभागले शुक्रबार जनाएको छ ।
मे महिनामा रोजगारीका अवसर सिर्जनाको अवस्थामा भने निकै कमी देखिएको छ ।
अमेरिकी अर्थतन्त्र विकासका लागि गत महिनामा एक लाख ३८ हजार नयाँ रोजागरीका अवसर सिर्जना भएको विभागद्वारा सार्वजनिक प्रतिवेदनमा जनाइएको छ । यो अमेरिकी अर्थबजार विश्लेषकद्वारा अपेक्षा गरिएभन्दा निकै कमी हो ।
मेमा बेरोजगारी समस्या झन्डै एक प्रतिशतले तल झर्दै ४.३ प्रतिशत कायम भएको छ । – एएफपी













प्रतिक्रिया