
काठमाडौँ, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दिनगन्ती चलिरहेको बेला नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा तत्काल प्रधानमन्त्री बन्न नपाउने अबस्था देखिएको छ ।
केपी ओलीलाई काँग्रेससँग मिलेर सत्ताच्युत गर्ने माओवादी अध्यक्ष दाहाललाई एमालेले केही समय प्रधानमन्त्रीमा टिकाउने संकेत देखिएको छ । स्थानीय तहको संख्या बिस्तारको बिरोध स्वरुप संसद बैठक अबरुद्ध गरेर एमालेले केही समय प्रधानमन्त्रीमा टिकाउने सम्भावना बढेको हो ।
यसो गर्दा देउवाको पालो जेठ ३१ को दोस्रो चरणपछि मात्रै आउने देखिएको छ । दाहालले प्रधानमन्त्रीबाट राजीनामा दिए पनि देउवालाई प्रधानमन्त्री बन्न सहज अबस्था भने देखिएको छैन् ।












प्रतिक्रिया