– लक्ष्मीप्रसाद जैशी
बौनिया, ९ जेठ । नेकपा एमाले बर्दगोरीया गाउँपालिका अध्यक्षका उम्मेद्वार कर्ण कुँवरले तलबभत्ता नलिने घोषणा गरेका छन् । आशन्न जेष्ठ ३१ गते हुन गईरहेको दोस्रो चरणको स्थानीय तहको चिर्वाचनमा आफूलाई जनताले विश्वास गरेर जिताएको खण्डमा अध्यक्षको तलबभत्ता अपांग, असहाय र गरिब परिवारलाई दिने घोषणा गरेका हुन ।
अध्यक्षका उम्मेदवार कुँवरले अहिले चुनावी प्रचार प्रसारका हरेका आम सभा, गोष्ठी र घरदैलो अभियानमा उक्त घोषणा गरिरहेका छन् । उनले हरेक कार्यक्रममा ‘सेवा गर्ने मान्छेले जनताको करबाट उठेको रकम तलब र सेवा सुविधामा खर्च गर्न चाहन्न ? बर्दगोरीया गाउँपालिकाका जनताको म सेवा गर्न गर्न चाहन्छु, जुन व्यक्तिको साहरा केही कोही हुन्न तिनका मनमा म बस्न चाहन्छु उनीहरुको सेवा गर्न चाहन्छु, उनले भने यस पटकको निर्वाचनमा मलाई जिताउनुहोस् कोही साहरा विहीनको मान्छे बन्नु हुन्न । सबै जनताको हक अधिकार स्थापीत गर्छु । मलाई सबै पुगेको छ अबको समय जनताको सेवामा खर्चिने छु, मलाई सेवा गर्ने मौका दिनुहोस्’ भन्ने गरेका छन् ।
कुँवरले “समृद्ध, सबल र नमुना” बर्दगोरीया गाउँपालिका मुख्य नारासहित ५७ बुँदे जनतासंग स्थानीय प्रतिबद्धता पत्र सार्वजनिक गर्न लागेका छन् । उनले गाउँपालिकाको तीव्र विकास र समृद्ध गाउँपालिका बनाउन आफू मात्र एक विकल्प अध्यक्षको उम्मेदवार रहेको बताउने गरेका छन् ।
अध्यक्ष उम्मेदवार कुँवरले “समृद्ध, सबल र नमुना” गाउपालिका बनाउने सबै प्रकारको दक्षता/क्षमता र योग्यता आफुमा रहेकाले जनताले सुर्यमा भोट दिएर जिताउन अपिल गरिरहेका छन् । देश, जनता, राष्ट्रियता र स्थानीय स्तरमा सर्बहारा वर्ग, पीडित र व्यवसायिक जनताका हकहितका पक्षमा सधै आफुले ओकालत गरीरहेकाले पनी जनताले भोट दिएर जिताउने दावि समेत कुँवरको दावि छ ।
को हुन कर्ण कुँवर ?
नेकपा एमाले बर्दगोरीया गाउँपालिकाका अध्यक्षका उम्मेदवार को हुन कर्ण कुँवर ? निजी क्षेत्रको नेतृत्व गरिरहँदा गरेका विकास निर्माणका कामहरु के के छन ? विकासबादी नेतृत्व कर्ण कुँवरः
– अबव्यवस्थित बौनिया बजारलाई व्यवस्थित बनाए
– चाईनाको ताक्लाकोट जोड्ने सेतिलोकमार्ग दुर्त सञ्चालन गर्न पहल र धार्मिक क्षेत्रको पहिचानको लागी बर्दगोरीया सेति लोकमार्ग पहिचान महोत्सब सञ्चालनमा ल्याए ।
– चिसापानी देखी चौमाला सम्म विद्युत लाईन विस्तार गर्न संघर्ष समिति गठन गरी विद्युत पुराउन सफल भए ।
– जनताको यातायातको सास्तीलाई मध्येनजर गरी बौनिया देखी तल्ला पानी सम्म बाटो र बस सञ्चालनमा ल्याए ।
– बौनिया बजारमा रहेको प्रहरीचौकी को भवन निर्माण र स्तरउन्नतीको लागी पहल गरे ।
– बैनिया बजारमा मन्दीर निर्माणको लागी व्यक्तिगत सहयोग गरे ।
– सडकपुर बौनियामा खानेपानी सञ्चालनमा ल्याउन व्यक्तिगतरुपमा सहयोग गरे पछि खानेपानी सञ्चालनमा आउन लागेको छ ।
– धनगढीका व्यवसायि एबं्म उद्योग बाणीज्य संघको सहयोगमा बौनिया बजारमा एम्बुलेन्स सञ्चालनमा ल्याएको ।
– बसन्तमुरारी मावि लाई उच्च माध्यामिक विद्यालय बनाउन व्यक्तिगत रुपमा पहल गरे ।
– सेति अञ्चल अस्पतालमा उद्योग वाणिज्य संघको नेतृत्वमा गरीरहेको बेला आई सि यु सञ्चालनमा ल्याए ।
– बर्दगोरीया धार्मिक क्षेत्रको विकासको लागी बाटो निर्माण र मन्दीर निर्माणमा व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग गरे ।
– ईलाका प्रहरीचौकीको अतिक्रमणमा रहेको १६ कठ्ठा जमिन छुटाउन सफल भए ।
– यस क्षेत्रका सम्पुर्ण युवा क्लबका भवन खेलकुद विकासको लागी सहयोग गरेको ।














प्रतिक्रिया