२१ कार्तिक २०८३, शनिबार

युवाका पक्षमा काम गर्दा सरकारले अपमानित गर्न खोज्योः युवा परिषद् उपाध्यक्ष ढुंगेल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ८ जेठ । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले आफूले ‘कठिन स्थितिमा पनि युवाको हितमा काम गरिरहेको अवस्थामा अपमानित हुने गरी सरकारले स्पष्टीकरण सोधेको’ गुनासो गर्नुभएको छ ।

परिषद्को कार्यालयमा आज पत्रकार सम्मेलन गरी उपाध्यक्ष ढुङ्गेलले अहोरात्र खटेर युवा तथा खेलकुद मन्त्रालयको फाइलमा सीमित संस्थालाई सरकार एवं युवासम्बन्धी सङ्घ सङगठन र विभिन्न राजनीतिक दलले गर्व गर्नलायक देशव्यापी सञ्जाल भएको संस्था बनाएको अवस्थामा आफूलाई स्पष्टीकरण सोधिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई अत्यन्त अपमानित ढङ्गबाट स्पष्टीकरण सोधी काममा अवरोध उत्पन्न गर्ने काम कार्य आफैँमा दुर्भाग्यपूर्ण छ र यसले मलाई आश्चर्यचकित बनाएको छ ।” उहाँले सरकारलाई सोही व्यहोराको जवाफ दिइसक्नुभएको छ ।

सरकारले ढुङ्गेललाई ‘राष्ट्रिय युवा परिषदका उपाध्यक्षको पदअनुरुपको आचरण नगरेको र पदीय जिम्मेवारी पूरा नगरेकाले परिषद् ऐन, २०७२ को दफा १५ को उपदफा (२) बमोजिम स्पष्टीकरण’ सोधेको थियो । ढुङ्गेल सो पदमा २०७२ फागुन १९ गते नियुक्त हुनुभएको थियो ।

यस्तो छ ढुंगेलद्धारा जारी विज्ञप्तिः

राष्ट्रिय युवा परिषदद्वारा विगतमा सञ्चालित कार्यक्रम तथा आगामी वर्षहरुमा गरिने कार्यक्रम एवं पछिल्ला घट्नाक्रमबारे जानकारी

१. पृष्ठभूमिः
राष्ट्रिय युवा परिषद ऐन २०७२ को व्यवस्था वमोजिम नेपाल सरकार मन्त्री परिषदको निर्णयले २०७२ साल फागुण १९ गते कार्यकारी उपाध्यक्षको नियुक्त गरेसँगै युवा परिषदको जन्म भै गति प्रारम्भ भएको स्मरण गराउँन चाहन्छु । परिषद्को कार्यकारी उपाध्यक्षको नियुक्ति भै सके पछि सडकमा हाजिर गर्ने र सडकवाटै प्रशासनिक काम गर्न वाध्य भएको परिवेशमा अथक प्रयास र परिश्रमका साथ हाल कार्यालय रहेको स्थानमा विनाटेवल, विना कुर्सी, विना कर्मचारी परिषद्को कार्यालय स्थापना गरिएको यथार्थता जानकारी गराउन चाहान्छु । कार्यालयलाइ समय सापेक्ष गतिशिलता दिनु पर्छ र युवाको क्षेत्रमा रचनात्मक कार्य गरि आम युवालाई राष्ट्र निर्माणमा सक्रिय वनाउने आधारको रुपमा परिषद्लाई आम समुदायमा परिचित गराउनु पर्छ भन्ने ध्येयका साथ शिक्षा सेवाका कर्मचारी हरुको सानो टिमवाट कार्यालयको प्रशासनिक गतिविधी अगाडी वढ्न सफल भएको हो । एउटा नितान्त नयाँ कार्यालय व्यवस्थीत गर्न कति कष्ठ हुन्छ कति मिहिनेत गर्नु पर्छ कि मिहिनेत गर्नेहरुलाई थाहा हुन्छ कि प्रशासन जाने वुझेको मान्छेले मात्र अनुभुति गर्न सक्दछ । तात्कालिन युवा तथा खेलकुद मन्त्री माननिय सत्यनारायण मण्डल को सक्रियता एवं तात्कालिन सचिवको समन्वय एवं मन्त्रालयका कर्मचारीहरुको सहयोगमा मिति २०७३ असार १९ गते परिषदलाई पुर्णता दिने काम भएको र २०७३ साउन ४ गतेको परिषद्को वैठकवाट ६० जिल्लाको अध्यक्षहरुको मनोनयसगै यस क्षेत्रमा कामगर्ने सवैको आत्मवल उच्च रहेको पाइन्छ । यस सिलसिलामा सकारात्मक भावका साथ सहयोग पु¥याउने माननीय तत्कालीन मन्त्री सत्य नारायण मण्डल र सचिव लक्ष्मण मैनाली प्रति आभार प्रकट गर्न चाहन्छु । राष्ट्रिय युवा परिषद ऐन २०७२ मा भएको व्यवस्था अनुसार परिषद्मा निजामती सेवा अन्तर्गत शिक्षा सेवाका सहसचिव श्री मुक्तिसिंह ठकुरी (प्रशासकीय प्रमुख) को नेतृत्वमा अन्य विभिन्न सेवा र तहका कर्मचारीहरु र ७५ वटै जिल्लाहरुमा शिक्षा सेवाका उपसचिवहरुको नेतृत्वमा झण्डै २५० भन्दा वढि कर्मचारी व्यवस्थापन भएर परिषदको गतिविधि जिल्ला तह सम्म पुगेको स्पष्ट छ । युवा शक्ति देश निर्माणको आधार स्तम्भ भएको र यसको क्षेत्र पनि व्यापक रहकोले यसलाई समयसापेक्ष रुपमा यसको क्षमता÷सीप विकास र सशक्तीकरण गर्दै विकासका लागि युवा परिचालनको अभियानलाई अघि बढाउनु आवश्यक भएको कुरालाई दृष्टिगत गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा भएका नेपाली युवाहरु, उनीहरु सम्बद्ध संघ संस्थाहरु, युवा उद्यमीहरु र सरकारी एवं निजी क्षेत्रमा भएका असल र अनुकरणीय अभ्यासलाई आत्मसात गर्र्दै देश विदेशमा भएका नेपाली युवाहरुका साझा मुद्दाहरु, उनीहरुमा भएका वहुआयामिक प्रतिभा पहिचान, नेपालको अवसर, संभावना र चुनौतीहरुको यथार्थपरक विश्लेषण गर्दै नेपालको साझा समस्याका रुपमा रहेको वेरोजगारीको अन्त, बौद्धिक पलायन (द्यचबष्ल मचबष्ल) को दिशालाई अव द्यचबष्ल नबष्ल तर्फ मोड्दै नयां नेपाल निर्माणको महान अभियानमा संपुर्ण युवा शक्तिलाई परिचालन गर्न उपयुक्त वातावरण निर्माणमा युवा परिषद् अघि बढिरहेको जानकारी गराउन चाहान्छु । यस परिषदले रा.यु.प. ऐन २०७२ को मर्म र भावना अनुसार आफ्ना गतिविधिहरु क्रमशः अगाडि बढाइरहेको छ । यसै क्रममा मन्त्रालयले अख्तियार गरेका कार्यक्रमहरु लाई परिषद्ले कुशलता पुर्वक सम्पन्न गरेको छ र आगामी दिनहरुमा युवालाई लक्षित गरि गरिने कार्यक्रमहरुको योजना निर्माण गरि मन्त्रालयमा पेश गरिएको समेत जानकारी गराउन चाहान्छु ।

२. हालसम्म गरिएका गतिविधिहरुको सम्क्षिप्त रुपरेखा:

– विभिन्न कठिनाइका वाजुत कार्यालयको स्थापना गरिएको र कार्यालयको व्यवस्थापन समयसापेक्ष युवामैत्री ढांचाले गरिएको छ । ७५ जिल्लामा नेपाल सरकारको निजामती अन्तर्गत शिक्षा सेवाका उपसचिवको नेतृत्वमा जिल्ला तहवाट सेवा प्रदान भैरहेको छ ।

– युवा तथा खेलकुद मन्त्रालयसंग समन्वय गरि मन्त्रालयकै निर्देशन अनुसार कार्यक्रमहरु कार्यान्वयन गरिएको र जिल्लाहरुको कार्यक्रम अनुगमनको क्रममा समेत मन्त्रालयको संयोजनमा सक्रिय सहभागिता रहेको छ ।

– प्रत्येक वर्ष मनाइदै आएको अन्तराष्टिय युवा दिवस युवा क्षेत्रमा सक्रिय सवैलाई थप उत्प्रेरित एवं जागरुक वनाउदै साउन २८ गते नेपालको राष्ट प्रमुखवाट सम्वोधन साथै युवाक्षेत्रमा अनुकरणिय व्यक्तित्वलाई सम्मान गरि भव्य रुपमा सुसम्पन्न भयो ।

– नेपाली भुमीलाई आफ्नो मुटु सम्झने नेपाल वाहिर रहनुहुने गैर आवासिय नेपालीहरुले नेपालको समृद्धिमा गरेको योगदानको कदर गर्दै उनिहरुको भुमिकालाई सवल र प्रतिफलदायि वनाउने उदेश्यका साथ गैर आवासिय नेपाली संघ ( ल्च्ल्ब् ) संग सहकार्य गरि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा भएका झण्डै ३५० युवाहरु, उनीहरु सम्बद्ध संघ संस्थाहरु, युवा उद्यमीहरु को सहभागितामा नेपाली युवाहरुको अन्तराष्टिय सम्मेलन २०७३ असोज १६ देखि १८ गते वोडेमा सम्पन्न ।

– राष्टिय युवा परिषद्को कार्यालयलाई समयसापेक्ष आधुनिकीकरण गरिएको छ । व्यवस्थापकिय हिसावले अन्तराष्टिय संघसस्था जस्तै सवल भएको प्रत्यक्ष अनुभुती गर्न सक्नुहुने छ ।

– युवा क्षेत्रको विकास र युवा लक्षित कार्यक्रमलाई मुल मन्त्र मानेर काम गर्ने विभिन्न संघसस्था ( गैरआवासीय नेपाली संघ (ल्च्ल्ब्), नेपाल टेलिभिजन, भि एस ओ नेपाल,रेष्टलेस डिभलपमेन्ट नेपाल, वल्ड भिजन इन्टरनेशलन, नेप्सकोन (राष्ट्रिय सहकारी बोर्डसंग आवद्ध आदि जस्ता ) संग समन्वय र सहकार्यको वातावरण निर्माण गरि सामुहिक उत्तरदायित्वको वातावरण निर्माण गरिएको छ ।

– परिषद्ले गरेका हरेक गतिविधीहरुको पारदर्शिता र आम सरोकारवालाहरुमा सुचना प्रवाह गर्नको लागि हरेक शुक्रवार साझ ७ः२५ वजे नेपाल टेलिभिजनमा “विकास र समृद्धिमा युवा” कार्यक्रम मार्फत साथै अन्य आम सञ्चार मार्फत परिषद्का विभिन्न गतिविधि सार्वजनिक गर्ने गरिएको छ ।

– प्रत्येक निर्वाचन क्षेत्रमा एक वडा दश युवा एक उद्यम कार्यक्रम मार्फत युवाहरुलाइ अत्मनिर्भर हुन उत्प्रेरित गर्ने उदेश्यका साथ २४० निर्वाचन क्षेत्रमा कार्यक्रम सञ्चालनको लागि अन्तिम चरणमा पुगेको छ ।

– सरोकारवालाहरु, सञ्चारकर्मी÷पत्रकारहरु, राजनैतिक युवा संगठनहरु, युवाका क्षेत्रमा कार्यरत गैरसरकारी सामाजिक संघसंस्थाहरुसंग निरन्तर बैठक तथा अन्तरक्रिया गर्ने गरिएको छ ।

– अपाङ्ग युवाहरुका लागि राष्टिय अपाङ्ग कोषमार्फत सहयोग सामान वितरण गरिएको छ ।

– मित्रराष्ट्र श्रीलंका सरकारको मैत्रीपुर्ण निमन्त्रणामा युवा विकासका क्षेत्रमा भएका उल्लेख्य कार्यहरुको अवलोकन गर्ने उद्देश्यले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषदको संयुक्त टोलीबाट सप्ताहव्यापी बैदेशिक भ्रमण सम्पन्न गरिएको । (२०७३ मंसीर १८ देखि २५ सम्म)

– परिषदको चालु आ.व. २०७३/०७४ को वार्षिक कार्यक्रमको दुईदिने अभिमुखीकरण कार्यक्रम (एचयनचबm इचष्भलतबतष्यल) पाच क्षेत्रमा प्रादेशिक रुमा सम्पन्न भएको (ललितपुर, धुलीखेल, विराटनगर, पोखरा र धनगढी)

– चालु आ.व.का वार्षिक कार्यक्रम कार्यान्वयन गर्नका लागि विभिन्न निर्देशिकाहरु तयार गरी कार्यान्वयनको चरणमा रहेको छ ।

– परिषदको केन्द्रीय कार्यालयको भवन निर्माणको लागि गुठी संस्थान मातहतको बबरमहल क्षेत्रमा (प्ष्लनक ऋयििभनभ को आडमा) जग्गा प्राप्तिका लागि संपूर्ण प्रक्रिया अघि बढाइएको । यस सम्बन्धमा जग्गा खरिदका लागि रकम निकासाका लागि अर्थ मन्त्रालयसंग माग गरिएको ।

– राष्ट्रिय युवा परिषदमार्फत सञ्चालन गरिने युवा सिर्जना केन्द्र (थ्यगतज ऋचभबतष्खभ ऋभलतचभ) का लागि काभ्रे जिल्ला स्थित होक्से गाविस हाल पाँचखाल नगरपालिकामा रहेको ११३ रोपनी सार्वजनिक जग्गा युवा परिषदको नाममा दर्ता गर्ने संपूर्ण प्रक्रिया पुरा गरिएको । नेपाल सरकार मन्त्रीपरिषदबाट निर्णय हुन मात्र बाकी रहेको ।

३. भविष्यमा गरिने क्रियाकलाप तथा योजनाहरु ( सोँच ) सम्क्षिप्त रुपरेखा:

– कर्मचारीको क्षमता अभिवृद्धि, युवा वुलेटिन प्रकाशन, युवा उद्यमशीला अनुसन्धान , युवा अनुभव आदान प्रदान
– युवा सीप तथा महोत्सव, युवा दिवस तथा महोत्सव
– अपा¨ युवाका लागि सहयोग सामग्री वितरण
– युवा विप्रेषण लगानी तथा सामाजिक सुरक्षा कोषको स्थापना
– युवा सुचना केन्द्र तथा अभिलेख व्यवस्थापन , थयगतज उयचतब िनिर्माण
– युवा सीप तथा उद्यमशिलता विकास कार्यक्रम
– लोपोन्मुख परम्परागत सीप युवा पुस्तामा हस्तान्तरण,प्रवर्धन तथा प्रमाणीकरण
– उद्यमशीलता तथा वित्तिय साक्षरता अभिवृद्धि
– थयगतज उबचष्बिmभलत स्थापना तथा परिचालनको नमुना निर्माण
– पुरस्कृत युवा तथा युवा उद्यमीको सञ्जाल निर्माण, परिचालन,अनुभव आदान प्रदान तथा प्रोफाइल तयारी
– संघसस्थाहरुको सहकार्यमा युवा लक्षित कार्यक्रम सञ्चालन
 राष्ट्रपति युवा महिला उद्यम कार्यक्रम , उपराष्ट्रपति युवा पुनस्र्थापना कार्यक्रम
 युवा प्रतिभा तथा उद्यमीको खोजी र उनीहरुको कार्यलाई प्रोत्साहन
 युवा सम्मेलन – नेपाललाई चिनाउ“ अभियान
 युवाहरु विच कार्ययोजना निर्माण, स्थानीय स्तरमा युवा क्लब स्थापना तथा परिचालन
 गाउँ गाउँमा युवा उद्यमका लागि प्रमाणपत्रका आधारमा ऋण कार्यक्रम
 युवा उद्यम कार्यक्रम, युवा लक्षित राष्ट्रिय स्वरोजगार कार्यक्रम, समाजको लागि युवाको एक दिन
 विश्वविद्यालय तथा शैक्षिक निकायसँग युवाको सहभागिता, क्षमता विकास, परिचालन कार्यक्रम
 युवावीच प्रतिस्पर्धात्मक उद्यम कार्यक्रम ( प्रस्ताव माग, छनोट तथा सञ्चालन )
युवाका मुद्दा तथा कार्यक्रमको वारेमा पत्रकारसँग अन्तरक्रिया तथा युवा नीति र युथ भिजनको प्रचार प्रसार
 विभिन्न सघंसस्थासँग समन्वय
 युवा सम्वन्धी रणनीतिक योजना तर्जुमाका लागि विज्ञहरुसँग छलफल तथा अन्तरक्रिया
 युवा उद्यम केन्द्र केन्द्र स्थापना र राष्टिय युवा इन्टरप्रेनरशीप फोरम स्थापना
 स्थानीय तहमा गठन हुने युवा क्लबहरुको क्षमता विकास तथा प्रबद्र्धनात्मक कार्यका लागि सहयोग
 क्भ्भ् र क्ीऋ परीक्षा दिइएका विद्यार्थीहरुका लागि परामर्श सञ्चालन
 स्ववियु निर्वाचनमा निर्वाचित युवाहरुलाई नेतृत्व विकास कार्यक्रम
 विज्ञान र प्रविधिमा युवा कार्यक्रम
 स्वयंसेवक व्यवस्थापन तथा परिचालन
 समृद्ध नेपाल निर्माणका लागि आर्थिक विकास राष्टिय कार्यशाला
 थयगतज न्बचमभल क्ष्त् उबचप निर्माण । आदि ।

४. पछिल्लो समयका घट्नाक्रमको सम्क्षिप्त रुपरेखा र निष्कर्ष:

अहोरात्र खटिएर उल्लेखित क्रियाकलाप गरी भर्खरै गठन भएको युवा तथा खेलकुद मन्त्रालयको फाइलमा सिमित रहेको संस्थालाई देशब्यापि रुपमा स्थापना गरी १६ देखि ४० वर्ष सम्मका करिव करिव एक करोड सात लाख जनसंख्या अर्थात नेपालको कुल जनसंख्याको ४०.३५ प्रतिशत जनसंख्यालाई समेटी निराशाको जिवन ब्यतित गरी ठूलो संख्यामा वैदेशिक रोजगारीमा जाने र सस्तो श्रममा जोखिमको काममा सामेल भईरहेका नेपाली युवाहरुलाई नेपाल फर्काउने र नेपाल भित्रै सम्भावना देखाएर नेपालको मौलीक सम्पती कृषी, पर्यटन,उर्जा, वन तथा जडिवुटी र खनिजको माध्यमवाट उद्यम व्यवसाय सञ्लालन गर्ने कार्यमा अहोरात्र जुटीरहेकोले यसै कामको परिणाम स्वरुप विश्व युवा सुचांकमा गतवर्ष १४५ नम्वरमा रहेको नेपालको युवा अवस्थालाई ६८ वटा देशलाई उछिनेर ७७ नम्वरमा उकालो लगाईरहेको अवस्थामा सरकार एवं युवा सम्वन्धि संघ संगठन र विभिन्न राजनीतिक दलहरुले गर्व गर्नुको अलवा मलाई अत्यन्त अपमानित ढङ्गबाट स्पष्टिकरण सोधी काममा अवरोध उत्पन्न गर्ने काम कार्य आफैमा दुर्भाग्यपूर्ण छ र यसले मलाई आश्चर्यचकित बनाएके छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७४/०१/२१ मा बसेको बैठकको निर्णयानुसार मिति २०७४/०१/२८ मा स्पष्टिकरणका सम्बन्धमा भन्ने विषय राखि मेरो सचिवालयको कर्मचारी मार्फत पत्र प्राप्त भएको र सोही अनुसार मिति २०७४।०१।३० गते सार्वजनिक विदा र मिती २०७४।०१।३१ गते स्थानिय तहको निवार्चन परेको कारण सार्वजनिक विदा परि मिति २०७४।०२।१ कार्यलय खुलेको दिन मैले श्री नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, सिहदवार काठमाण्डौ, मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्पष्टिकरण सहितको निवेदन पेश गरेका छु ।
स्पष्टिकरण सोध्नुको कारण र लगाइएको आरोप “राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुङ्गेलले पद अनुरुपको आचरण नगरेको र पदिय जिम्मेवारी पुरा नगरेकोले निजसँग राष्ट्रिय युवा परिषद युवा परिषद् ऐन, २०७२ को दफा १५ को उपदफा (२) बमोजिम स्पष्टिकरण माग गर्ने गरिएको” भन्ने भएता पनि स्पष्ट केहि आरोप नदेखिएको पनि जानकारी गराउन चाहान्छु ।

“स्पष्टिकरण सन्तोषजनक नभएकोले निजसँग सजाय समेत प्रस्ताव गरी पुनः स्पष्टीकरण माग गर्ने ।” भनी पुनः मिति २०७४/०२/०७ मा थप स्पष्टिकरण माग भएकोमा २४ घण्टा भित्र २०७४/०२/०८ मा मैले जवाफ पठाएको व्यहोरा अवगत गराउँदछु ।

माधव प्रसाद ढुङ्गेल
कार्यकारी उपाध्यक्ष
राष्ट्रिय युवा परिषद्
त्रिपुरेश्वर, काठमाण्डौ