२१ कार्तिक २०८३, शनिबार

नयाँ शक्तिले छान्यो कञ्चनपुरका तीन नगरप्रमुखमा महिला उम्मेदवार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, ८ जेठ । आगामी जेठ ३१ गते हुन गइरहेको दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नयाँ शक्ति पार्टी, कञ्चनपुरले जिल्लाका तीन नगरपालिकाको मेयर पदमा महिला उम्मेदवारलाई उठाउने भएको छ ।

गत वैशाख ३१ गते सम्पन्न प्रथम चरणको निर्वाचनमा स्थानीय तहको प्रमुख पदमा निर्वाचित हुने महिलाको संख्या न्यून रहेको छ । दलहरुले उम्मेदवार चुन्दा निर्वाचन कानूनले दोस्रो पद अर्थात् उपप्रमुखमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरेसँगै महिला उपप्रमुखमै सीमित हुनु परेको हो ।

यसैबीच नयाँ शक्ति पार्टीले महिलाहरु पनि नेतृत्वका लागि सक्षम छन् भन्ने सन्देश दिंदै कञ्चनपुरका तीन नगरपालिकाको प्रमुख पदमा महिला उम्मेदवार उठाउने भएको हो ।

जिल्लाका नौ वटा नगरपालिका मध्ये भिमदत्त, पुनर्वास र सुक्लाफाँट नगरपालिकामा महिला उम्मेदवार उठाउने निर्णय भएको नयाँ शक्ति पार्टी, ७ नम्बर प्रदेश संयोजक लीला भण्डारीले जानकारी दिइन् । पार्टीले भिमदत्त नगरपालिकामा माया नेगी, पुनर्वास नगरपालिकामा सत्यदेवी चापागाईँ र शुक्लाफाँट नगरपालिकामा द्वारिका कुँवरलाई उम्मेदवार उठाउने निर्णय गरेको छ ।

जिल्लाका बेलौरी, झलारी—पिपलाडी, देधारा चाँदनी, घोडाघोडी, कृष्णपुर, बेलडाँडा र बेदकोट नगरपालिकामा भने उम्मेदवार घोषणको काम गर्ने तयारी भइरहेको प्रदेश संयोजक भण्डारीले बताइन् । साथै बाँकी रहेका नगरपालिकामा पनि महिला उमेद्वारलाई प्राथमिकता दिइने पनि उनले जानकारी दिइन् ।