२१ कार्तिक २०८३, शनिबार

चुनावमा सोचेजस्तो नभएपछि राप्रपाको बैठकः दोस्रो चरणमा बढीभन्दा बढी जित्न यस्तो रणनीति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राप्रपा)ले दोस्रो चरणको निर्वाचनको तयारी तीव्र पार्ने निर्णय गर्दै बढी भन्दा बढी स्थान जित्न ४ बुँदे रणनीति बनाएको छ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा अपेक्षाकृत परिणाम नआएपछि समिक्षा गर्न आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले दोस्रो चरणको चुनावमा अत्याधिक जित हासिल गर्न रणनीति बनाएको हो ।

राप्रपाका प्रवक्ता भुवन पाठकका अनुसार दोस्रो चरणको निर्वाचनमा पार्टीलाई बढीभन्दा बढी सफलता दिलाउन चुनाव हुने जिल्लाहरुमा जेठ २१ गतेभित्र जिल्लास्तरीय कार्यकर्ता भेला गर्ने, चुनावलाई दृष्टिगत गर्दै विभिन्न दलहरुसँग तालमेल गर्ने जिम्मेवारी जिल्ला कार्य समितिलाई दिने, सम्पूर्ण केन्द्रीय सदस्यहरु जेठ १५ देखि चुनाव नसकिएसम्म अनिवार्य रुपले जिल्लामा रहेर क्रियाशिल हुनुपर्ने र चुनावी अभियानलाई थप सुदृढ र प्रभावकारी तुल्याउने निर्णय गरिएको छ ।

अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले गरेका निर्णयहरु यसप्रकार छन्ः (विज्ञप्तिसहित)

१) गत बैशाख ३१ गते सम्पन्न निर्वाचन उत्साहपूर्वक सहभागी हुने सम्पूर्ण मतदाताहरुमा राप्रपा धन्यवाद ज्ञापन गर्दछ । साथै प्रतिकुल परिस्थितिका वावजुद राप्रपाको पक्षमा मतदान गर्ने जनता एवं पार्टीलाई सहयोग, समर्थन गर्ने शुभचिन्तक र कार्यकर्ताहरुमा राप्रपा आभार प्रकट गर्दछ । निर्वाचनमा विजयी भएकाहरुलाई बैठक बधाई ज्ञापन गर्दछ ।

२) तुलनात्मक रुपमा कमजोर संगठन साधन श्रोतको कमि एवं पार्टीको वैचारिक निष्ठा र राजनैतिक अडानका बारेमा योजनावद्ध ढंगले सिर्जना गरिएको भ्रमका कारण पहिलो चरणको चुनावमा अपेक्षित परिणाम प्राप्त हुन नसकेता पनि यस परिणामबाट चिन्तित र विचलित हुनु पर्ने अवस्था नरहेको बैठकको ठहर छ । निर्वाचनको माध्यमबाट पार्टीको एजेण्डा र अडानप्रति आमजनतामा चेतनाको अभिवृद्धि गर्न एवं संगठनको प्रभाव विस्तार गर्न सक्षम भएकोमा बैठक सन्तोष प्रकट गर्दछ । गत चुनावको अनुभवबाट पाठ सिकेर तथा कमि कमजोरीलाई सुधार गर्दै दोश्रो चरणको निर्वाचनमा सहभागी हुन तथा उच्च मनोबलका साथ तयारीमा जुट्न पार्टीका सवै तहका निकाय र कार्यकर्ताहरुलाई बैठक आब्हान गर्दछ । उक्त कमी कमजोरीलाई सुधार गर्दै दोश्रो चरणको निर्वाचनमा पार्टीको स्थिति सुदृढ तुल्याउन सशक्त प्रभावकारी ढंगबाट चुनावी अभियान संचालन गरिनेछ ।

३) दोश्रो चरणको निर्वाचनमा पार्टीलाई बढिभन्दा बढि सफलता दिलाउन निम्न बमोजिम निर्णय गरिएको छ:

क) दोश्रो चरणमा निर्वाचन हुने जिल्लाहरुमा जेठ २१ गतेभित्र जिल्ला स्तरीय कार्यकर्ता भेला गर्ने ।
ख) चुनावलाई दृष्टिगत गर्दै विभिन्न दलहरुसँग तालमेल गर्ने जिम्मेवारी जिल्ला कार्य समितिलाई दिने ।
ग) सम्पूर्ण केन्द्रीय सदस्यहरु जेठ १५ देखि चुनाव नसकिएसम्म अनिवार्य रुपले जिल्लामा रहेर क्रियाशिल हुनु पर्ने ।
घ) चुनावी अभियानलाई थप सुदृढ र प्रभावकारी तुल्याउने ।

४) स्थानीय तह निर्वाचनको समग्र समिक्षा र पार्टीको स्थिति बारे अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेश गर्न महामन्त्री धुव्र बहादुर प्रधानको संयोजकत्वमा समिति गठन गरिएको छ ।

५) दोश्रो चरणको निर्वाचन जेठ ३१ गते हुने भएको तथा निर्वाचन आचार संहिता कार्यान्वयन भइरहेको अवस्थामा दीर्घकालिन योजना र कार्यक्रम सहितको “पूर्ण बजेट” ल्याउनु सर्वथा अनुपयुक्त हुने हुँदा केवल “साधारण बजेट” मात्र संसदमा पेश गर्न सरकारसँग राप्रपा माग गर्दछ ।

६) स्थानीय तह निर्वाचनको क्रममा बैशाख ३१ गते नरहरिनाथ गा.पा. वडा नं. ६ कालिकोटको राप्रपाका तर्फबाट वडा अध्यक्षका उम्मेद्वार धनरुप बटालाको सुरक्षाकर्मीको गोलीबाट मृत्यु भएको र अन्य ४ जना गम्भिर घाइते भएका छन् । यस दुःखद घटनाको राप्रपा घोर भत्र्सना गर्दछ । घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै यथाशिघ्र निशुल्क उपचारका लागि नेपल सरकारसँग जोडदार माग गर्दछौं । मृतक धनरुप बटालालाई सहिद घोषणा गरि निजको काजक्रिया गर्न आवश्यक सहयोग गर्न र निजका परिवारको भरण पोषण तथा संरक्षणका साथै उचित क्षतीपूर्ति उपलब्ध गराउन नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।

भुवन पाठक
प्रवक्ता