काठमाडौं, ८ जेठ । संसदको नयाँ अधिवेशन आजबाट सुरु हुँदैछ । संसद बैठक दिउँसो १ बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्नेछ ।
संसदको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट संसद आह्वान गरिएको प्राप्त पत्र पढेर सुनाइनेछ । बैठकमा सरकारको नीति तथा कार्यक्रम कहिले पेश गर्ने भन्ने जानकारी पनि दिएनेछ ।
बजेट अधिवेशनका रुपमा चिनिने यो संसद बैठकमा जेठ १५ गते नयाँ बजेट पेश गर्नुपर्ने संवैधानिक प्रावधान छ । तर, एमालेले चुनावको बीचमा बजेट ल्याउन नपाइने भनेर विरोध गर्दै आएको छ ।












प्रतिक्रिया