जुम्ला, ८ जेठ । चन्दननाथ नगरपालिका जुम्लाका नगरप्रमुख कान्तिका सेजुवाललाई साँचो हस्तान्तरण गरिएको छ ।
नवनिर्वाचित पदाधिकारीका लागि नगरपालिकाकाद्वारा आयोजित स्वागत कार्यक्रममा साँचो हस्तान्तरण गरिएको हो । चन्दननाथ नगरपालिकाका कार्यकारी अधिकृत केशवराज शर्माले नवनिर्वाचित नगरप्रमुख सेजुवाललाई आइतबार साँचो हस्तान्तरण गर्नुभएको थियो ।
२० वर्षदेखि कर्मचारी संयन्त्रबाट सञ्चालित स्थानीय तहको प्रमुखको जिम्मेवारी जनप्रतिनिधिले सम्हाल्दा नगरवासीमा खुसी छाएको थियो ।
कार्यक्रममा नगरप्रमुख सेजुवालले चन्दननाथलाई हिमाली क्षेत्रकै ‘स्मार्ट सिटी’ निर्माण गर्ने परिकल्पना गरिएको र यो सपना सार्थक बनाउन आफ्नो लागि चुनौती र अवसर दुवै भएको बताउनुभयो । रासस












प्रतिक्रिया