स्याङ्जा, ४ जेठ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ८ मा नेपाली काँग्रेसका उम्मेदवार भेकप्रसाद श्रेष्ठ वडा अध्यक्षमा निवार्चित भएका छन् । श्रेष्ठले ६ सय ४ मत ल्याएर अध्यक्षमा निर्बाचित भएका हुन् ।
उनका निकटतम प्रतीद्वन्द्वी नेकपा एमालेका क्षेत्र बहादुर रानाले ४ सय १८ मत पाएका छन् । पूर्व शिक्षक समेत रेहका श्रेष्ठ नेपाली काँग्रेस साबिक तिनदोवाटे गाविसका गाँउ सभापति हुन् ।
लामो समयदेखि स्थानिय स्तरमा रहेर सकृय राजनिती गरेका श्रेष्ठ दुई कार्यकाल पार्टीको गांउ सभापति भईसकेका छन् भने पार्टीको बिभिन्न तहमा रहेर काम गरेका छन् । सो क्षेत्रको बाटो निर्माण, खानेपानी, बिद्युत, शिक्षा लगायतका अधिकांश बिकासका गतिबिधीहरु श्रेष्ठकै नेतृत्वमा सम्पन्न भएका छन् ।
सो क्षेत्रको बिकास निर्माण र सामाजिक गतिबिधीमा सकृय रहने श्रेष्ठ वडा अध्यक्षमा निर्बाचित भएपछि स्थानीय बासिन्दा थप उत्साही बनेका छन् ।
उक्त वडामा श्रेष्ठ सहित कांग्रेस प्यानल नै विजयी भएको हो । वडा सदस्यहरुमा रेशमराज उपाध्याय, घनश्याम अर्याल निर्बाचित भएका छन् भने महिला सदस्यमा यम कुमारी थापा र दलित सदस्यमा बिष्णु परियार निर्बाचित भएका छन् ।
कुल १ हजार ५ सय ३० मतदाता रहेको उक्त वडामा १ हजार १ सय ६ मत खसेको थियो । साबिकको तिनदोबाटे गाविसको वडा नं। १, ६, ७, ८ र ९ लाई मिलाएर गल्याङ नगरपालिकाको वडा नं. ८ बनाईएको हो ।













प्रतिक्रिया