२१ कार्तिक २०८३, शनिबार

पत्रकार आक्रमणको महासंघद्धारा बिरोध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, ४ जेठ । समाचारको बिषयलाई लिएर बुधबार साँझ पत्रकार नेत्रकुमार सुनुवार (संचार किराँती) माथि भएको आक्रमणको नेपाल पत्रकार महासंघ उदयपुर शाखाले भत्सर्ना गरेको छ ।

शाखाका अध्यक्ष भरत खड्काले बिहीबार एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै घटनाको यथाश्रिघ अनुसान्धान गरी दोषिलाई कानुनी कारवाही र पीडितलाई न्याय दिलाउन सम्बद्ध पंक्षसँग माग गरिएको छ ।

उदयपुर पोष्ट साप्ताहिकका प्रकाशक तथा महासंघका साधारण सदस्यसमेत रहेका सुनुवार माथिको आक्रमण सिङ्गो प्रेसजगत माथिकै भएको महासंघले ठहर गरेको छ । बुधबार साँझ आफ्नै घर त्रियुगा नगरपालिका १० पुरानो गाईघाटमा बसिरहेका किराँतीमाथि मुकुण्डो लगाएर गएका दुई जना अपरिचित व्यक्तिले आक्रमण गरेको बताइएको छ ।

गत बैशाख ८ गते विप्लव नेतृत्वको नेकपा माओबादीका कार्यकर्ताको अपहरणमा परेका उदयपुरगढी गाउँपालिका वडानं ६ का प्राविधिक सहायक उद्धब ढुगांनाको समाचार सम्प्रेषणको विषयलाई लिएर आक्रमण भएको पीडित पत्रकारले खुलाएका छन् ।

‘अस्ती विप्लब माओवादीको समाचार लेख्नै तै हैनस्” भन्दै अपरिचित ब्यक्तिहरुले कुटपिट गरेको पीडित पत्रकार किराँतीको भनाई छ । विज्ञप्तिमा समाचार लेखेकै विषयमा आक्रमण गर्नु र पत्रकारको कलम भाँच्ने कोसिस गर्नु लोकतन्त्र, गणतन्त्र र वाकस्वतन्त्रताको धज्जि काँड्नु हो भन्ने महासंघको निष्कर्ष छ ।

संघीयता, गणतन्त्रका मुद्दा संस्थागत हुँदै गईरहेका बेला कलम चलाउने पत्रकार माथि भईरहेका यस्ता हर्र्कतप्रति महासंघ निन्दा गर्दै विधीको साशनभित्र रहन सम्बद्ध सम्पूर्ण पक्षलाई आग्रह गर्दछ जारी विज्ञज्ञिप्तमा भनिएको छ । विज्ञप्तिमा पत्रकारविरुद्ध हुने कुनै पनि घटनाहरुका विरुद्धमा कलम चलाउन र त्यसको भण्डाफोर गर्न महासंघ चुप लागेर नबस्नेसमेत चेतावनी दिएको छ । उहाँको अबस्था सामान्य रहेको छ ।