
– जनक श्रेष्ठ
लमजुङ, ४ जेठ । लमजुङको दोर्दी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार ओम गुरुङ विजयी भएका छन् ।
एमाले–माओवादी केन्द्रको तालमेलबाट उम्मेदवार बनेका गुरुङले प्रतिद्धन्द्धी काँग्रेसका उम्मेदवार बिच्छबहादुर घलेलाई २ सय ७३ मतले पराजित गरे । गुरुङले ३ हजार ६ सय २४ मत ल्याए । घलेले ३ हजार ३ सय ५१ मत पाए ।
यस्तै, उपाध्यक्षमा एमालेका दिलबहादुर घले ४ हजार ७८ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका निशा तामाङले ३ हजार ३ सय ४ मत प्राप्त गरिन् ।
त्यस्तै दोर्दी गाउँपालिका प्रमुख उम्मेदवार राप्रपाका उम्मेदवार मेघराज गुरुङले १ सय ७७ मत प्राप्त गरे । गाउँ प्रमुखकै उम्मेदवार संघीय समाजवादी फोरमका भक्तबहादुर गुरुङले ६७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय अधिकारी तुलसीप्रसाद तिमिल्सिनाले बताए ।
दोर्दी गाउँपालिकाको १ मा, काँग्रेसका दर्जन गुरुङ, २ मा, काँगे्रसका गोविन्द अधिरी, ३ मा,माओवादी केन्द्रको इन्द्रजीत गुरुङ, ४ मा एमालेका सुकबहादुर गुरुङ, ५ मा काँगे्रसका फत्तबहादुर गुरुङ, ६ मा एमालेका नन्दराज घले, ७ मा माओवादी केन्द्रका प्रेम गुरुङ, ८ मा काँग्रेसका तुलबहादुर गुरुङ र वडा नम्बर ९ मा एमालेका खेमबहादुर गुरुङ विजयी भएका छन् ।
कहाँ, को अगाडि ?
प्रारम्भिक नतिजा अनुसार बेसीशहर नगरपालिकामा एमाले अगाडि छ । सुन्दरबजार नगरपालिकामा पनि एमाले अगाडि छ । राइनास नगरपालिकामा पनि एमाले नै अगाडि छ । म
ध्यनेपाल नगरपालिकामा काँग्रेस विजयी भइसकेको छ । त्यस्तै, दुधपोखरी गाउँपालिकामा पनि काँगे्रस विजयी भएको छ । मर्स्याङ्दी गाउँपालिकामा एमाले विजयी भएको छ ।
लमजुङमा ८ स्थानीय तहमध्ये ४ तहको मत सार्वजनिक भइसकेको छ । यो जितसँगै लमजुङमा माओवादी केन्द्रले खाता खोलेको हो ।
क्होंसोंथर गाउँपालिकाको प्रमुख र उपप्रमुखमा पनि एमालेको जित पक्का जस्तै छ ।












प्रतिक्रिया