चौतारा, ४ जेठ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका निमफुन्जो शर्मा चार हजार ९२९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बालकृष्ण बस्नेतले चार हजार ७११ मत प्राप्त गर्नुभयो । नगर उपप्रमुखमा एमालेकै सुशीला पाख्रिन पाँच हजार १५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी काँग्रेसका लिला नेपालले चार हजार ८१३ मत प्राप्त गर्नुभयो ।
सो नगरपालिकाको वडा नं १, २, ३, ४ र ९ मा नेपाली काँग्रेस तथा वडा नं– ५, ६, ७ र ८ मा नेकपा एमाले विजयी भएको छ । वडा नं १ को वडाध्यक्षमा कामी शेर्पा काँग्रेस, २ मा बमबहादुर तामाङ काँग्रेस, ३ मा एकबहादुर भण्डारी काँग्रेस, ४ मा ज्ञानेन्द्र श्रेष्ठ काँग्रेस, ५ मा बेलबहादुर रोक्का एमाले, ६ मा मोहनलाल श्रेष्ठ एमाले, ७ मा मिनबहादुर श्रेष्ठ एमाले, ८ मा सुरज लामा एमाले र वडा नं ९ को वडाध्यक्षमा सानु लामा काँग्रेस विजयी हुनुभएको छ । रासस












प्रतिक्रिया