पोखरा, ४ जेठ । पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ मा नेकपा एमालेको प्यानल विजयी भएको छ भने वडा नं ६ र ८ मा मिश्रित नतिजा आएको छ ।
वडाको पछिल्लो मत परिणामअनुसार वडा नं ७ मा नेकपा (एमाले)का रामचन्द्र बराल एक हजार २१२ मतसहित वडाध्यक्षमा विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामप्रसाद वस्ताकोटीले एक हजार १११ मत प्राप्त गर्नुभयो ।
महानगरको वडा नं ६ मा नेकाका जगत पहारी एक हजार ६७६ मतसहित विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मेयरमान श्रेष्ठले एक हजार २६९ मत प्राप्त गर्नुभयो । उक्त वडामा अन्य सबै सदस्य पदमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।
वडा नं ८ को अन्तिम मतपरिणामअनुसार नेकपा (एमाले)का रुद्रनाथ बराल एक हजार ८०३ मतसहित विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाका शारदा गिरीले एक हजार ६६३ मत प्राप्त गर्नुभयो ।
वडामा खुलातर्फका दुई सदस्यमा काँग्रेसका उम्मेदवार र महिला सदस्य तथा दलित महिला सदस्यमा नेकपा (एमाले)का उम्मेदवार विजयी बनेका छन् । रासस












प्रतिक्रिया