सल्यान, ३ जेठ । सल्यानका ६ वटा स्थानिय निकायको मतपरिणाम सार्बजनिक भएको छ । बैशाख ३१ गते सम्पन्न जिल्लाका १० स्थानिय निकाय मध्ये ६ वटाको पछिल्लो मतपरिणाम सार्बजनिक भएको हो ।
पछिल्लो मतपरिणाम अनुसार जिल्लाका प्रमुख तीन दलले बराबर निकाय जितेका छन् । नेकपा एमालेले कपुरकोट गाउँपालिकामा जित हात पारेको । यससंगै नेकपा एमालेले २ स्थानमा सफल भएको छ ।
सल्यानको कपुरकोट गाउँपालिकामा नेकपा एमालेले जितेको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रकाश भरारीलाई १ हजार १७ मतले पराजित गर्दै नेकपा एमालेका भिम बहादुर सेन गाउँपालिकाको अध्यक्ष बन्नुभएको हो । उहाँले ३ हजार १ सय ५२ मत प्राप्त गरेका थिए भने माओवादी केन्द्रका प्रकाश भारीले २ हजार १ सय ३५ मत प्राप्त गर्नुभएको थियो । अर्को उम्मेदवार कांग्रेसका दुर्गा गिरीले १ हजार ४ सय ६७ मत प्राप्त गर्नुभयो ।
यस्तै उपाध्यक्षमा एमालेकै तिला बुढा मगरले माओवादी केन्द्रकी एलिना रानालाइ १ हजार ५ सय १२ पराजित गर्दै उपाध्यक्ष जित्नुभयो । उहाँले ३ हजार ३ सय ८० मत प्राप्त गर्नुभयो भने प्रतिद्वन्द्वी रानाले १ हजार ८ सय ६८ मत प्राप्त गर्नुभयो । अर्की प्रतिद्वन्द्वी कांग्रेसकी ओकी महतराले १ हजार ६ सय ७४ मत प्राप्त गर्नुभयो ।
जिल्लाका ८३ वडा मध्ये
माओवादी केन्द्रले २४ जित
नेकपा एमाले २२ जित
नेपाली काँग्रेस १७ जित












प्रतिक्रिया