
लमजुङ, ३ जेठ । लमजुङको मर्स्याङदी गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका अर्जुन गुरुङ विजयी भएका छन् ।
एमालेका गुरुङले ४७१२ मत पाएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नरबहादुर गुरुङले ३८११ मत पाए।
यसैगरी, उपप्रमुखमा माओवादीका होमबहाुदर विक विजयी भएका छन् । मर्स्याङदीमा एमाले र माओवादी गठबन्धन बनाएर निर्वाचनमा होमिएका थिए भने काँग्रेस र राप्रपाबीच तालमेल भएको थियो ।
उपाध्यक्षमा राप्रपाकी दुधकाशी तामाङलाई १ हजार ३ सय ६८ मतले पछि पार्दै माओवादी केन्द्रका विश्वकर्माले जित हात पारेका हुन् । विश्वकर्माले ४ हजार १५६ मत ल्याए भने प्रतिद्धन्द्धी राप्रपाकी तामाङले २ हजार ७ सय ८८ मत प्राप्त पाइन् ।
गाउँपालिकाको ९ वडामध्ये ७ वटा वडामा एमाले र २ वटामा काँग्रेसका उम्मेदवार अध्यक्षमा निर्वाचित भएका छन । एमालेबाट वडा नं १ मा रुद्रमान गुरुङ, वडा नं २ मा चेतबहादुर गुरुङ (शंकर), वडा नं ३ मा प्रेमबहादुर बस्नेत, वडा नं ४ मा सुमन गुरुङ, वडा नं ७ मा युवा घले, वडा नं ८ मा हिरादेवी घले र वडा नं ९ मा नारायण बहादुर थापा निर्वाचित भएका छन् ।
यस्तै काँग्रेसबाट वडा नं ५ अध्यक्षमा लेखमान गुरुङ र वडा नं ६ मा लिलाप्रसाद घले निर्वाचित भएका छन् ।

यता, दूधपोखरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसकी छुपीमाया गुरुङ निर्वाचित भएकी छिन् । नेकपा माओवादी केन्द्रकी सतीमाया तामाङलाई ६ सय ५७ मतले पछि पार्दै गुरुङ विजयी भएकी हुन् । उनले २४१३ मत पाइन् । तामाङले १७५६ मत ल्याइन् ।
यसैगरी, उपप्रमुखमा कांग्रेसकै कमलप्रसाद धिताल विजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धी एमालेका धनबहादुर गुरुङलाई ४५० मत अन्तरले पराजित गर्दै धिताल विजयी भएका हुन् । धितालले २ हजार ३७३ र गुरुङले १ हजार ९२३ मत ल्याएका छन् ।












प्रतिक्रिया