
लमजुङ, २ जेठ । लमजुङको चारवटा नगरपालिकामध्ये तीनवटामा एमालेले अग्रता लिएको छ भने एउटामा काँग्रेस अगाडि छ ।
बेसीशहर नगरपालिकामा मेयर र उपमेयरमा एमाले अगाडि छ । मेयरमा एमालेका गुमानसिंह अर्याल काँग्रेसका भेषबहादुर पौडेल (नारायण) भन्दा करिब एक सय र उपमेयरमा एमालेकै लक्ष्मी अधिकारी काँग्रेसकी इन्दिरा तिवारीभन्दा चार सय मतले एमाले अगाडि छन् । यसैगरी, राइनास नगरपालिकामा पनि मेयरमा एमालेका सिंहबहादुर थापा काँग्रेसका गणेश चिलुवाल भन्दा एक सय १५ मत र उपमेयरमा माओवादी केन्द्रका पुष्प खनाल एक सय मतले अगाडि छन् । यसैगरी, सुन्दरबजार नगरपालिकामा पनि एमाले अगाडि छ ।
मध्यनेपाल नगरपालिकाको मेयरमा भने काँग्रेसका रमेश पाण्डेले फराकिलो अन्तरले अग्रता लिएका छन् । उपमेयरमा एमालेका राजकुमार श्रेष्ठ अगाडि छन् ।












प्रतिक्रिया