२१ कार्तिक २०८३, शनिबार

सल्यानको शारदा नगरपालिकाको मतगणना पारदर्शी नभएपछि एमाले बाहिरियो, मतगणना स्थगित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मिना बुढाथोकी

सल्यान, २ जेठ । सल्यानको पहिलो नगरपालिका शारदा नगरपालिकाको मतगणना स्थगित भएको छ । शारदा नगरपालिका वडा नम्बर ४ को मतगणना पारदर्शी नभएको भन्दै नेकपा एमाले मतगणना स्थलबाट बाहिरिएपछि मतगणना स्थगित भएको हो ।

नेकपा एमालेले शारदा नगरपालिका ४ को मतगणना गर्नेक्रममा अनियमितता भएको भन्दै निर्बाचन अधिकृत माधबेन्द्र राज रेग्मीलाई लिखित उजुरी दिएको छ । नेकपा एमाले सल्यानका सचिब रमेश कुमार गौतमका अनुसार शारदा नगरपालिका ४ मा नेकपा एमालेले १ सय ८७ मत ल्याएकोमा मतगणना १ सय ४७ मा काउन्ट गरेको देखिएको छ ।

उनले भने– ‘पहिलो चरणको काउण्ट सकियो दोस्रो चरणको काउण्ट गरेर दुबै जोड्दा ४० मत गायब भएको मतगणनास्थलमा बसेका एजेन्टबाट थाहा पाएपछि एमाले बाहिरिएको हो ।’

मतगणनाको विषयलाई निष्पक्ष र पारदर्शी बनाउनु पर्ने भन्दै एमालेले मुख्य निर्वाचन कार्यालयमा निवेदन दिएपछि अहिले सर्वपक्षीय बैठक बसिरहेको छ ।