बारा, २ जेठ । नेकपा एमाले जिल्ला सचिवालय कमिटी बाराको बैठक आज लौतनमामा सम्पन्न भएको छ । बैठकले देशब्यापीरुपमा एमालेको पक्षमा जनलहर सृजना गर्न अझ मेहनतको आवश्यकर्ता रहेको निश्कर्ष निकालेको छ ।
त्यसैगरी बैठकले जेष्ठ ३१ गतेहुने दोस्रो चरणको निर्वाचनको तयारीमा लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिदै स्थानिय निर्वाचनको माहोलबनेकाले पार्टीलाई बिजय बनाउन सम्पुर्ण पार्टी पंक्तिलाइलाग्न निर्देशन दिनुका साथै जिल्लाका प्रत्येक वडाहरुमा निर्वाचन प्रचार कार्यालय खोल्न स्थानिय कमिटीलाई निर्देशन दिएको छ ।
त्यसैगरी बैठकले कतिपय गांउपालिका, नगरपालिका र उपमहानरपालिकाबाट प्राप्त उम्मेदबारहरुको सुझाब तथा सिफारिस केन्द्रले तोकेको कार्यबिधी अनुरुप नभएकोले त्यसलाइ उपल्लो कमिटीका नेतासंग छलफल तथा परार्मश गरी ब्यबस्थित गरेर बैठकमा पेसगर्न पदाधिकारीलाई जिम्मा दिने निर्णय गरेको एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले जानकारी दिनु भयो ।
साथै बैठकले प्रथम चरणको स्थानिय निर्वाचनमा निर्वाचीत हुने नेकपा एमालेका सुर्य ध्वजाबाहकलाई बधाई ज्ञापन गर्नुका साथै एमालेको पक्षमा मतदान गर्नुहुने सम्पुर्ण जनसमुदायमा धन्यबाद ज्ञापन गरेको छ ।
जिल्ला कमिटी अध्यक्ष सुन्दर बिकको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा एमाले केन्द्रिय सदस्य एवम सांसद बलबरि चौधरी, सह इन्र्चाज दिनेश राई, केन्द्रिय सल्लाहकार सदस्य अच्युत मैनाली, नेपाल खेलकुद महासंका केन्द्रिय अध्यक्ष एवं सांसद पुरुषोत्तम पौडेल, प्रदेश नम्बर २ का सदस्य भरत खडका, सिता गुरुङ्ग, छबिलाल उप्रेति, बिनोद साह, सुरेन्द्र यादब, कल्याणी चौधरी, केन्द्रिय कृषी बिभागका सदस्य पलट चौधरी, केन्द्रिय युवा तथा खेलकुद बिभागका सदस्य किसोर शर्मा, केन्द्रिय निर्वाचन बिभाग सदस्य सफिक अंसारी लगायतको उपस्थिती रहेको थियो ।












प्रतिक्रिया