२१ कार्तिक २०८३, शनिबार

प्रधानसेनापति क्षेत्री किन जाँदैछन् अमेरिका ? कामुको जिम्मेवारी महतले सम्हाल्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । प्रधानसेनापति राजेन्द्र क्षत्री भोलि अमेरिका भ्रमणमा जाने भएका छन् ।

सैनिक जनसम्पर्क निर्देशनालयका अमेरिकी सेना प्रशान्त क्षेत्रीय कमाण्डका कमाण्डर जनरल जेन रोबर्ट बी ब्रोनको औपचारिक निमन्त्रणामा ४ सदस्यीय भ्रमणदल सहित सेनापति क्षत्री भोलि अमेरिका प्रस्थान गर्न लागेका हुन् ।

यस भ्रमणको क्रममा प्रधान सेनापति क्षत्रीद्वारा यूएसपीएसीओएम अन्तर्गतका फर्मेशनहरुको भ्रमणको दौरान जेठ ५ गते युएसएआरपीएसीका कमाण्डिङ जनरल जेन रोबर्ट बी ब्रोन तथा २५ औं इनफ्यानट्री डिभिजनका कमाण्डिङ जनरल माज गेन क्रिस्टोफेर जी काभोलीसँग औपचारिक भेटघाट गर्नुको साथै आपसी हितका विषयमा अन्तरक्रिया गर्नु हुनेछ । यसै क्रममा अमेरिकी सेनाका विभिन्न ईकाईहरुद्वारा प्रस्तुत हुने व्रिफिङ्ग तथा सैनिक कला प्रदर्शनीको समेत अवलोकन गर्नु हुने छ ।

त्यसैगरि, प्रधान सेनापति क्षत्रीद्वारा जेठ ८ गते प्यासिफिक एयर फोर्स (प्याक्याफ) कमाण्डर जनरल टेरेन्स जे सुगेनेसी, मरिन फोर्स प्यासिफिक कमाण्डर जनरल डेभिड एच वर्गर, स्पेशल अप्रेशन कमाण्डका कमाण्डर मेजर जनरल डेनियल यो, तथा युएसपीएसीओएम कमाण्डर ह्यारी बी ह्यारिससँग पनि भेटघाट तथा आपसी हितका विषयमा छलफल गर्नु हुने छ ।

भ्रमणको दौरान जेठ ९ गते क्षत्रीले होनोलुलु हवाईमा संचालन हुने द २०१७ ल्याण्ड फोर्स अफ द प्यासिफिक (ल्यानप्याक) कन्फ्रेन्सको उद्घाटन कार्यक्रममा सहभागि हुनु भई उक्त कन्फ्रेन्समा एसिया प्यासिफिक रिजन सम्बन्धी एसेसमेन्ट अफ द थ्रियटर विषयमा सम्बोधन गर्नु हुनेछ । सो संवोधनको क्रममा महारथी क्षत्रीले इमर्जिङ ग्लोबल टेरिज्म, ह्युमनाइटरियन एण्ड डिजास्टर रेस्पोन्स (एचआडी) तथा मिलिटरी टु मिलिटरी कर्पाेरेशन विषयमा चर्चा गर्नु हुने छ ।

यस भ्रमणदलमा प्रधान सेनापतिकी धर्मपत्नी रीता क्षत्री, स्टाफ अधिकृतद्वय प्र.से.अर्जुन बस्नेत तथा सेनानी पूजा कार्की रहनु हुने छ ।

उक्त अवधिभर प्रधान सेनापति क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी बलदेव राज महतले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुनेछ ।

सो भ्रमण सम्पन्न गरी प्रधान सेनापति क्षत्री जेठ १२ गते स्वदेश फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।