
ललितपुर, २ जेठ । विवेकशील पार्टीबाट रञ्जु दर्शनाले काठमाडौंको मेयरको उम्मेदवारको रुपमा चर्चा पिटिरहँदा ललितपुर महानगरपालिकामा एमालेबाट अर्की रञ्जु उदाएकी छिन् ।
उनी हुन्, रञ्जु तोलाङ्गी । उनी ललितपुर वडा नम्बर ३ मा एमालेबाट दलित सदस्य निर्वाचित भएकी छिन् । चुनौती दिने कोही नभएपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् । २४ बर्षको उमेरमा ललितपुर महानगरपालिकामा दलित सदस्यको रुपमा निर्वाचित रन्जुको चर्चा काठमाडौंकी रञ्जु दर्शनाका रूपमा ललितपुरमा हुने गरेको छ ।












प्रतिक्रिया