२१ कार्तिक २०८३, शनिबार

स्थानीय तहको निर्वाचन नै संबिधान कार्यान्वयको आधार: एमाले सांसद चौधरी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाईघाट, २ जेठ । नेकपा एमालेका केन्द्रिय सदस्य तथा सांसद मन्जुकुमारी चौधरीले स्थानीय तहको निर्वाचन नै संबिधान कार्यान्वयनको प्रमुख आधार भएको बताउनु भएको छ ।

नेकपा एमाले रौतामाई गाउँपालिका ८ नम्बर वडा कमिटीले सोमबार गैडेमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै चौधरीले स्थानीय तहको निर्वाचनले मुलुक सुन्यताबाट जोगिएको धारणा व्यक्त गर्नुभयो ।

‘संबिधान कार्यान्वयन नहुँदा मुलुकमा संक्रमणकाल लब्बिने खतरा थियो,’ उहाँले भन्नुभयो, ‘त्यो खतरा क्रमश टर्दै गएको छ, बाँकी दुई तहको निर्वाचन पनि संबिधानले दिएको मिति भित्रै हुनेछ ।’

उहाँले संबिधान निर्माणको एतिहासिक जिम्वेवारी पुरापछि देश विकास निर्माणमा आफुहरु जुटेको बताउनुभयो । नयाँ संबिधानले सिंहदरबारको अधिकार स्थानीय तहमा नै प्रत्यायोजन गरेको हुँदा जनताका आधारभुत समस्या समाधान र विकास निर्माणले गति लिने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा स्थानीयबासीले सांसद चौधरीलाई रौतामाई गाउँपालिका वडानं ७ गैडे र गुँरासे बस्ति अझैपनि आधारभुत सेवासुबिधाबाट वञ्चित भएको गुनासो पोखे । उनीहरुले तत्कालिन गाबिसको वडानं ९ अन्र्तगत रहेको यी गाउँ प्राकृतिक हिसावल उपयुक्त भएपनि सेवासुबिधा र विकासका हिसावले सबैभन्दा पछाडी परेको बताए ।

हालसम्म पनि सडक सञ्जाल र विद्युतिकरण विस्तार नभएको भन्दै माग सुनवाई गरिदिन आग्रह गर्दै उनीहरुले हस्ताक्षरसहितको माग पत्र सांसद चौधरीलाई बुझाएका थिए । माग पत्रमा विशेषगरी मुर्कुची–धाङ्गले–गैडे–गुराँसे हुँदै डिल्विरसम्म जोडने गरी सडकको ट्रयाक खोलिदिन र विजुलीको व्यवस्थापन गरिदिन आग्रह गरिएको छ ।

स्थानीयको समस्याको माग पत्र बुझ्दै सांसद चौधरीले तपाईहरुले भोट हालेर जिताएको प्रतिनिधि हुनुको नाताले स्थानीय समस्यालाई समाधान गर्न आफु प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले विद्युतिकरण र सडक सञ्जाल जोडनका लागि आफु र आफ्नो पार्टी नेकपा एमाले प्रतिबद्ध रहेको बताउनुभयो ।

विकास निर्माणको प्रमुख आधार भनेकै सडक सञ्जाल भएकाले सडक संजाल विस्तार पछि स्थानीयको जीवनयापनमासमेत सहजता आउने विश्वास व्यक्त गर्नुभयो । स्थनीयले सडक संजाल विस्तार भए उत्पादित कृषि सामग्री बजारसम्म पुर्याउन सकिने, समयको वचत, विरामी पर्दाका समस्या समाधान हुने बताए ।

कार्यक्रममा एमाले जिल्ला कमिटी सचिवालय सदस्य भरतबहादुर थापा, पुर्व क्षेत्रीय कमिटी अध्यक्ष गजेन्द्रबहादुर खड्का, एमाले सल्लाहाकार परिषद सदस्य ज्ञानबहादुर मगर लगायतले बोलेका थिए ।