
काठमाडौँ, १ जेठ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख सूर्य थापाले स्थानीय तहको मतपरिणामले दलहरुबीचको गठबन्धनको जरुरी नभएको बताएका छन् ।
प्रारम्भिक मतपरिणाम हेरेपछि सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया लेख्दै थापाले दलहरुबीचको कुनै प्रकारको गठबन्धनले कामै नगर्ने बताएका हुन् ।
उनले लेखेका छन् – ‘कुनै प्रकारका गठबन्धनको कामै छैन । यसपाली मतदाताहरू सूर्या्ेदयको प्रतिक्षामा व्यग्र छन् । यदि कोही एमालेसँग मिलेर गठबन्धन गर्न चाहन्छन् भने तिनीहरू सूर्य चिन्ह लिएर चुनाव लड्न तयार हुनुपर्दछ । गाई, हलो, गिलास र कचौरा खोजिरहने फुर्सद मतदातालाई छँदैछैन । यसो नगरिए गठबन्धन केही आत्मबल नभएका, जनआकांक्षा नबुझेका र स्वार्थी तत्वहरूको खेलोफड्को मात्रै हुनपुग्दछ । व्यत्तिगत स्वार्थका लागि लेनदेन गरिने गठबन्धनको हविगत भरतपुरमा प्रचण्डपुत्री र पोखरामा अर्जुन ज्वाँईको जस्तै हुने निश्चित छ ।’
एमाले नेता थापाले अब एक्लाएक्लै निर्वाचन लड्न अग्रसर हुनु नै सबैका लागि बुद्धिमत्तापूर्ण हुने टिप्पणी गरेका छन् ।
यस्तो छ नेता थापाको प्रतिक्रियाः













प्रतिक्रिया