काठमाडौं, १ जेठ । युवा संघ नेपालको २७ औं स्थापना दिवसको अवसरमा राजधानीमा बृहत् दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
युवा संघ नेपाल केन्द्रिय कार्यालय बिभागको आयोजनामा भएको उक्त कार्यक्रका प्रमुख अतिथि नेकपा एमाले पोलिटव्युरो सदस्य महेन्द्र पाण्डेले आम युवाहरु दिप जस्तै आफू प्रज्वलित भएर भएपनि समाजमा उज्यालो प्रकाश छर्नुपर्ने बताउनुभयो । उहाँले नेपाली युवा आन्दोलनले प्राप्त गरेका उपलब्धीहरु सस्थागत गर्दै जारी भएको संविधानको कार्यान्वयनमा जोड दिनु आजको प्रमुख आवश्यकता रहेको बताउनु भयो ।
यसैगरी कार्यक्रमका बिशेष अतिथि पूर्वमन्त्री एवं संघका पूर्व अध्यक्ष महेश बस्नेतले सबै युवाहरु अनिवार्य रुपमा उत्पादनसंग जोडिनुपर्ने बताउनुभयो । उहाँले स्थानीय निकायको निर्बाचनमा नेकपा एमालेले प्राप्त गर्दै गरेको बिजय आम युवा आन्दोलनको उपलब्धी भएको बताउनु भयो ।

कार्यक्रमको अध्यक्षता गर्दै युवासंघ, नेपालका स्थायी कमिटी सदस्य प्रभातविक्रम कटुवालले अबको युवा आन्दोलन आत्मनिर्भर र अर्थतन्त्रलाई जोड दिंदै समृद्धि र बिकासको हुने बताउनुभयो । आगामी दिनमा युवाहरुका हक अधिकारको रक्षा गर्दै नयाँ सोचवाट संगठन अगाडी बढ्ने बताउनुभयो ।
जारी निर्वाचनमा सत्ताधारी गठबन्धनवाट भएको निर्वाचन बिरोधी गतिबिधि आफूहरुलाई सह्य नभएको बताउनुभयो । सम्बन्धित निकायले अराजकता मच्चाउनेहरुलाई कानूनि दायरामा नल्याए युवासंघ, नेपाल हातमा दहि जमाएर नबस्ने समेत बताउनुभयो ।
उक्त कार्यक्रममा संघका उपाध्यक्ष रमेश पौडेल, महासचिव किरण पौडेल, सचिव बचन बहादुर सिंह, सचिवालय सदस्यहरु, केन्द्रिय सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको संचालन कार्यालय बिभागका सचिब संचिब रोकाहाले गर्नुभएको थियो ।













प्रतिक्रिया