२० कार्तिक २०८३, शुक्रबार

काठमाडौंको गोकर्णेश्वर ५ मा किरियापुत्रीहरुद्धारा मतदान

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । स्थानीय निकायको चुनाव अन्र्तगत राजधानीको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मा किरियापुत्रीहरुले समेत मतदान गरेका छन् ।

शान्ति आदर्श माध्यामिक विद्यालय तथा संयुक्त वडा कार्यालयमा रहेको मतदान केन्द्रमा जोरपाटी नयाँवस्तीका धुव्र हुमागाई र उनको परिवारका सदस्यहरुले मतदान गरेका हुन् । २० वर्षपछि भएको स्थानीय निकायको चुनावमा किरियापुत्रीको रुपमा भएपनि सहभागी हुन पाउँदा आफूलाई आत्मसन्तुष्टि मिलेको हँुमागाईले बताउनुभयो ।

आफू नजिकका उम्मेदवारहरुलाई मत दिन पाउँदा आफू र सिंगो परिवार नै सन्तुष्ट रहेको समेत उहाँले बताउनुभयो । सामाजिक कार्यकर्ताका रुपमा स्थापित हँुमागाई ममतामयी माताको निधनपछि अहिले किरियामा हुनुहुन्छ । शोकको अवस्थामा पनि आफनो मताधिकार प्रयोग गरेकोमा सामाजिक सञ्जालमा हुँमागाई परिवारको चौतर्फी प्रशंसा भइरहेको छ ।