२० कार्तिक २०८३, शुक्रबार

स्थानीय तहको निर्वाचनः यस्तो छ पछिल्लो ताजा मतपरिणाम (अपडेट)

16.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । आइतबार सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । ७९ तहमा भइरहेको मतगणनामा कांग्रेस, एमाले र माओवादीबीच कडा प्रतिपस्पर्धा भइरहेको छ । धेरै स्थानमा एमाले अगाडि देखिएको छ । त्यसपछि कांग्रेस, माओवादी र अन्य पार्टी छन् ।

हेर्नुस् कहाँ कसले जित्यो, कुन पार्टी अगाडिः

नेकपा एमालेले अग्रता लिएका स्थानीय तहहरु

१. गुर्भाकोट नगरपालिका (सुर्खेत) २. थाहा नगरपालिका (मकवानपुर) ३. महालक्ष्मी नगरपालिका (ललितपुर) ४. रुबीभ्याली गाउँपालिका (धादिङ) ५. धुनीबेंसी नगरपालिका (धादिङ) ६. गजुरी गाउँपालिका (धादिङ) ७. मनहरी गाउँपालिका (मकवानपुर) ८. बन्दीपुर गाउँपालिका (तनहुँ) ९. मादी गाउँपालिका (कास्की) १०. बेनी नगरपालिका (म्याग्दी) ११. कीर्तिपुर नगरपालिका (काठमाडौं) १२. नागार्जुन नगरपालिका (काठमाडौं) १३. गैंडाकोड नगरपालिका (नवलपरासी) १४. देवचुली नगरपालिका (नवलपरासी) १५. विदुर नगरपालिका (नुवाकोट) १६. कागेश्वरी गाउँपालिका (नुवाकोट) १७. डुंगेश्वर नगरपालिका (दैलेख) १८. लेकबेंसी नगरपालिका (सुर्खेत) १९. बनेपा नगरपालिका (काभ्रे) २०. फेदीखोला गाउँपालिका (स्याङजा) २१. गोकर्णेश्वर नगरपालिका (काठमाडौं)

नेपाली कांग्रेसले अग्रता लिएका स्थानीय तह

१. ललितपुर महानगरपालिका २. मुसिकोट नगरपालिका (रुकुम) ३. दार्मा गाउँपालिका सल्यान, (माओवादी–कांग्रेस) तालमेल ४. शारदा नगरपालिका (सल्यान) ५. चन्द्रागिरी नगरपालिका (काठमाडौं) ६. गोदावरी नगरपालिका (ललितपुर) ७. बुढानीलकण्ठ नगरपालिका (काठमाडौं) ८. गोरखा नगरपालिका (गोरखा) १०. तादी गाउँपालिका (नुवाकोट) ११. कुसे गाउँपालिका (जाजरकोट) १२. जिरी नगरपालिका (दोलखा) १३. कागेश्वरी मनहरा नगरपालिका (काठमाडौं) १४. टोखा नगरपालिका (काठमाडौं)

माओवादीले अग्रता लिएका स्थानीय तह १. चौरजहारी नगरपालिका (रुकुम) २. गोलनचौर गाउँपालिका (सिन्धुली) ३. थाक्रे गाउँपालिका (धादिङ) ४. नेत्रावती गाउँपालिका (धादिङ) ५. रोशी गाउँपालिका (काभ्रे) ६. वागमती गाउँपालिका (मकवानपुर) ७. भेरीगंगा नगरपालिका (सुर्खेत) ८. शिवालय गाउँपालिका (जाजरकोट) ९. बारेकोट गाउँपालिका (जाजरकोट) १०. काफीकोट गाउँपालिका (रुकुम) ११. कोञ्जोस्योङ गाउँपालिका (ललितपुर)

अन्य दल/ स्वतन्त्रले अग्रता लिएका स्थानीय तह

१. महांकाल गाउँपालिका, ललितपुर– स्वतन्त्र

को कहाँ विजयी ?

ललितपुरको महालक्ष्मी नगरपालिकाको वडा नं १ मा नन्द केसी र २ मा रामबहादुर सुबेदी अध्यक्षसहित पुरै प्यानल एमाले बिजयी ।

– मुस्ताङमा पनि एमालेले खाता खोल्यो बारह गाउँ मुक्ती क्षेत्रमा ५ न, वडा मा राके गुरुङ बिजयी ।

– नुवाकोटमा एमालेले खाता खोल्यो ।  मेघाङ गाउँ पालिका वडा नं १ बर्सुन्चेत नेकपा एमाले दलसिङ तामाङको पुरै प्यानल बिजयी ।

– कास्कीको मादी गाउँपालिका १ को वडा अध्यक्षमा एमालेका उम्मेदवार सुरज गुरूङसहित एमाले प्यानल विजयी भएको छ ।

– सुर्खेतको लेकबेसी नगरपालिका १ मा एमालेका अध्यक्ष मानबहादुर पुन सहित पुरै प्यानल बिजयी भएको छ ।

– मकवानपुरमा नेकपा एमालेको बिजयी शुरूवात । थाहा नगरपालिका–५ मा बिष्णु बहादुर गुरुङ लगायत प्यानलै बिजयी।

– हर्ष महर्जन अध्यक्ष लगायत किर्तिपुर नगरपालिका वडा न. १ मा एमालेको प्यानल नै बिजयी ।

– रुकुमको मुसिकोट नगरपालिकामा कांग्रेस विजयी ।

– ललितपुरको कोन्ज्योसोममा माओवादी केन्द्रको अग्रता ।

– बुढानीलकण्ठ नगरपालिकाको मेयर र उपमेयरमा काँग्रेस अगाडि ।

– कीर्तिपुर नगरपालिकामा एमाले नै अगाडि ।

– ललितपुरको महाँकालमा स्वतन्त्रको उम्मेद्वारको अग्रता ।

– स्याङ्जाको फेदिखोला गाउँपालिकामा एमालेका अध्यक्ष घनश्याम सुबेदी उपाध्यक्ष देबी थापासहित सबै पदमा एमाले बिजयी ।

– मनाङको चामे गाउँपालिकाको अध्यक्षबाट एमालेले खाता खोल्यो ।

– गोदावरी १ मा काँग्रेस, महाँकाल ६ मा एमाले विजयी, ललितपुरमा काँग्रेसको अग्रता ।

– मनाङका दुई चामे र नेस्याङ गाउँपालिकामा एमाले विजयी ।

– ललितपुर महानगर, काठमाडौंका कागेश्वरी र चन्द्रागिरी, दोलखाको जिरी, जुम्लाको चन्दनाथ, रुकुमको मुसिकोट, गोरखा र नवलपरासीको देवचुली नगरपालिकामा कांग्रेसका उम्मेदवारको अग्रता ।