२० कार्तिक २०८३, शुक्रबार

राप्रपाद्वारा सबै मतदातालाई धन्यवाद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्थानीय तह निर्वाचनमा उत्साहपूर्वक सहभागी सबै मतदातालाई धन्यवाद दिनुभएको छ ।

आजको मतदान सकिएलगत्तै अध्यक्ष थापाले प्रेस वक्तव्य जारी गरी निर्धारित समयमा निर्वाचन सम्पन्न गराएकामा सरकारको सराहना गर्दै मुलुकको समग्र आर्थिक विकास तथा प्रजातान्त्रिक अभ्यासलाई बलियो बनाउन सो निर्वाचनको ठूलो महत्व रहेको उल्लेख गर्नुभएको छ ।

निर्वाचनका क्रममा दोलखा, सिन्धुपाल्चोक, हुम्लालगायत केही स्थानमा भएको छिटपुट घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता घटनाप्रति सम्बन्धित राजनीतिक दल संवेदनशील हुनुपर्ने र प्रहरी प्रशासन चनाखो बन्नुपर्ने सुझाव दिनुभएको छ । रासस