– सुदीप अधिकारी
बर्दिया, ३१ बैशाख । बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तुलाई मार्नका लागि चोरीसिकारीले निकुञ्ज भित्र राखेको ४६ वटा पासो निकुञ्ज प्रशासनले बरामद गरेको छ ।
निकुञ्जको अम्रेनी जंगलमा लुकाइ राखेको अवस्थामा पासो बरामद गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले जानकारी दिए ।
चोरी सिकारीले वन्यजन्तुलाई गाउँ पस्नबाट रोक्न लगाइएको विद्युतीय तार काटेर पासो बनाएको निकुञ्जले जनाएको छ । शंका लागेर खोजविन गर्ने क्रममा पासो फेला परेको बताइएको छ । पासो राख्ने व्यक्तिको खोजी भइरहेको निकुञ्जले जनाएको छ ।
विद्युतीय तारवार काटेर पासो बनाउने काम अत्यन्त निन्दनीय रहेको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत थापाले बताए ।













प्रतिक्रिया