२० कार्तिक २०८३, शुक्रबार

पाँचथर वाइसीएल जाग्यो, आफ्नो गाउँ आफै बनाउँ भन्दै मोटरबाटो मर्मतमा

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कृष्ण ओझा

पाँचथर, ३१ वैशाख । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लीग (वाइसीएल)ले शनिबार पाँचथरको फिदिम नगरपालिका–८ इथुङमा १० किलोमिटर मोटरबाटो आफ्नो गाउँ आफै बनाउ भन्दै मर्मत गरेको छ ।

वर्षायामका कारण बाटो भत्किएको, बाटोमा खाल्डा–खुल्डी परेर सवारी सञ्चालनमा कठिनाई भएको थियो ।

एक जुटभएर वाइसीएलले मोटरबाटो मर्मत गरेको हो । फिदिम नगरपालिका–८ को इथुङदेखि सोही वडाको तमाखेसम्म १० किलोमिटर मोटरबाटो बाटो मर्मत गरिएको वाइसीएल फिदिमनगर कमिटीका कोषाध्यक्ष दीपेन्द्र गुरुङले बताए ।

मोटरबाटो मर्मतमा ४० भन्दा बढी वाइसीएल काकार्यकर्ता खटिएका थिए । उनले वर्षायाममा मोटरबाटो मर्मतमा खटिइरहने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।

स्थानीय राजेन्द्र गुरुङले प्रत्येक वर्ष वर्षायामको सुरुवातसँगै पौवाभञ्ज्याङदेखि इथुङसम्मको मोटरबाटो मर्मत गरिँदै आएको र यस वर्ष वाइसीएलले सहयोग गरेको वताए ।

विगतमा पारिश्रमिक दिएर तथा दैनिक ज्यालादारीमामर्मत गर्ने मजदुर खटाएर बाटो मर्मत हुँदै आएकोमा यस वर्ष वाइसीएलले निःशुल्क बाटो मर्मतमा सहयोग गरेको उनको भनाई छ ।

चुनाव केन्द्रीत नभई वर्षायाममा बाटोका कारण हुनसक्ने दुर्घटनालाई ध्यानमा राखेर बाटो मर्मतकालागि आव्हान गरिएको गुरुङको भनाई छ ।

उनले बाटो मर्मतका लागि अन्य दलका कार्यकर्ताहरुलाई पनि आव्हान गरिए पनि वाइसीएलका कार्यकर्ता मात्रै सहभागी भएको बताए ।

माओवादी केन्द्रका अध्यक्षका प्रत्यासीपासाङ तामाङले विगतदेखि गर्दै आएको मर्मतको कार्यलाई निरन्तरता दिइएको वताए ।

पर्यटकीय क्षेत्र पौवाभञ्ज्याङका ६६ वर्षीय नरवीर नेम्वाङले वर्षायाममा सवारी सञ्चालन र निर्वाचनकालागि बाटो मर्मत अत्यावाश्यक रहेकाले मर्मत आफू समेत सहभागी भएको वताए ।

उनले पौवाभञ्ज्याङ–इथुङ–रानीटार सडकको मर्मत तथा स्तरोन्नतीका लागि सरकारी क्षेत्रबाट सहयोग हुने विश्वास समेत व्यक्त गरेका छन ।