२० कार्तिक २०८३, शुक्रबार

भारी वर्षाले काठमाडौंका केही नगरमा मतदान प्रभावित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोकर्ण, ३१ वैशाख । भारी वर्षाका कारण गोकर्णेश्वर, कागेश्वरी मनहरा र शङ्खरापुर नगरपालिकाका केही मतदान केन्द्रमा मतदान प्रभावित भएको छ ।

अबिरल वर्षाका कारण गोकर्णेश्वर नगरपालिकाका १, २, ३ र ४ तथा कागेश्वरी नगरपालिकाका १, २, ३, ४ र ५ वडाका मतदान केन्द्रमा मतदान प्रभावित भएको छ ।

शङ्खरापुर नगरपालिकाका सम्पूर्ण मतदान केन्द्रमा वर्षाले मतदान प्रभावित भएको र पानी रोकिनेबित्तिकै चुनावी काम पुनः सञ्चालन गरिने नगर निर्वाचन अधिकृत निर्मला शर्मा सुवेदीले जानकारी दिनुभयो । रासस